नौबिसे–नागढुङ्गाको सवारी जाम छिचोल्नै तीन घण्टा !

काठमाडौं । यसपालिको दसैँमा संघीय राजधानी काठमाडौं उपत्यकाबाट करिब ९ लाख मानिस बाहिरिए । तर, उनीहरूमध्ये अधिकांशले काठमाडौंकै छेउ (नौबिसे–नागढुङ्गा) मा ३ घण्टाभन्दा बढी सवारी जाममा बस्नुपर्यो । अहिले पनि नौबिसे–नागढुङ्गा क्षेत्रमा काठमाडौं भित्रिने सवारीहरूको भिड देख्न सकिन्छ । घण्टौंको जाम बेहोरेर दसैँ मनाउन घर गएकाहरूले फर्किँदा पनि उही समस्या भोगिरहेका छन्...

सम्बन्धित सामग्री

काठमाडौंको ट्राफिक जाम कम गर्न जापानबाट सिक्ने कि !

काठमाडौंमा अहिले निश्चित समयमा पुग्नैपर्ने कुनै कामका लागि निस्कँदा सडकमा कति सवारी जाम छ ? भन्ने विचार गरेर सोहीअनुसार एक–डेढ घण्टा समय पहिले नै निस्कनुपर्ने बाध्यता छ । अझ सार्वजनिक सवारीसाधनमा यात्रा गर्नुपर्नेहरुका लागि झन् सास्ती छ । समयमा साधन नपाइने र पाउदा पनि अत्यन्तै भिडभाडमा थिचिएर, किचिएर यात्रा गर्नुपर्ने अर्को बाध्यता पनि छ । […]

नारायणीको पुलमा जाम हुँदा एम्बुलेन्समाथि नै राखेर उपचार

शुक्रवार एमाले महाधिवेशन उद्घाटन सत्रमा नेताहरु भाषण गर्न व्यस्त थिए। यता नारायणीको पुलमाथि भने एम्बुलेन्स जाममा फसेको थियो। झन्डै १ बजेदेखि त्यहाँ सवारी जाम हुँदा दर्जन बढी एम्बुलेन्स आउजाउमा रोक लागेको थियो। बेलाबेला साइरन बजाए पनि खुल्ने अवस्था थिएन। झन्डै पाँच घण्टा त जाम नै भयो। यही बीचमा ४ बजेर…

बेमौसमी वर्षाको असर : आन्तरिक पर्यटकको विजोग

कात्तिक ४, म्याग्दी । परिवारसँगै मुस्ताङ भ्रमणमा गएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो ।  सामान्य अवस्थामा ७६ किलोमिटर दूरीको यो सडक पार गर्न चारदेखि पाँच घण्टा लाग्दथ्यो । मंगलवार बिहान जोमसोमदेखि हिँडेका उनको टोली बुधवार राति बेनी आएको थियो ।  ‘मुस्ताङ घुम्दा जति रमाइलो सडकमा पाएको पीडा र सास्तीले बिर्सायो,’ उनले भने, ‘लगातारको वर्षा र जीर्ण सडक अवस्थाले मुस्ताङ यात्रा दुखदायी बन्यो ।’ पहिरोग्रस्त रुप्सेछहरा, काभ्रे, बाँदरजुँगभीर र राहुघाट क्षेत्रमा सवारी जाम हुँदा हजारौं यात्रुले दैनिकजसो सास्ती पाएका छन् । साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दुईतर्फी गाडी आवतजावत हुन सक्दैनन् । मुस्ताङ भ्रमणबाट फर्किएका नुवाकोटका अच्युत ढकालले राहुघाटको पहिरोमा ११ घण्टा जाममा फसेर सास्ती पाएको दुखेसो पोखे । ‘जोखिमयुक्त ठाउँमा नियमित मर्मत र सवारी आवतजावतको व्यवस्थापन नमिलाउँदा मुस्ताङ जाने आउने पर्यटकको विजोज भएको छ,’ ललितपुरका दीपक विष्टले भने, ‘फसेको गाडी तान्न रू. एक हजार तिर्नुपर्‍यो । होटल व्यवसायीले अप्ठ्यारो अवस्थाको मौका छोपेर महँगोमा खाजा, खाना बेचेका छन् ।’ दशैं लगत्तै म्याग्दी र मुस्ताङको प्राकृतिक सौन्दर्यमा रमाउन आएका पर्यटकले बेनी–जोमसोममा पाएको दुःखले म्याग्दीको बारेमा नकारात्मक सन्देश प्रवाह गराएको छ । बेनी–जोमसोम सडकको सबैभन्दा जटिल भाग मानिने दाना–घाँसा ५ किमी सडकखण्डमा मनसुन रोकिएपछि यातायात केही सहज भएको थियो ।  मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाइकलमा आउने यात्रुको दैनिक भीड लाग्ने गरेको थियो । ‘दशैंको बिदामा रमाइलो गर्न आएको कहिल्यै नपाएको दुःख पाइयो,’ पोखराका तिलक पौडेलले भने ‘राहुघाट र काभ्रेको जाममा फस्दाको पीडा मुस्ताङ उक्लेपछि भने बिर्सने रहेछ ।’  ‘मनसुन सफा नभइ मुस्ताङ आउने हतारो नगरौं,’ विराटनगरका हरि शर्माले भने, ‘बेनी–जोमसोम सडकको यात्रा कष्टकर मात्र होइन, जोखिम पनि उस्तै छ ।’ बेनी–घाँसा खण्डको राहुघाट, चमेरे, महभीर, गुइँठे, काभ्रे र बाँदरजुँगभीरमा सडक हिलाम्मे छ ।  सडक विस्तार गर्ने क्रममा भित्ता डोजरले खनेर छोडेकोले माथिबाट ढिस्कोसहित खसेपछि हिलाम्मे बनेको हो । रुप्से र बेगखोलामा बाढी आउदा सवारीसाधन आवतजावत गर्न सक्दैनन् ।  एकतर्फी यातायात सञ्चालन हुने पहिरोग्रस्त र जोखिमयुक्त ठाउँको सडकमा ठूला बस र फसेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले जानकारी दिए । सीमित प्रहरी र स्थानीयवासीले मात्र जाम खुलाउन समस्या भएको उनले बताए ।  बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डलाई ४ प्याकेज बनाइ नाली, ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न रू. दुई अर्ब ४९ करोड लागतमा सडक विस्तारको काम गरिरहेको छ । विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।  आयोजनाका ठेकेदार शर्मा–युनाइटेड, ओमकार्यश्वर र शर्मा–गजुरमुखीले स्काभेटर तयारी अवस्थामा राखेर सडकमा नियमित यातायात सञ्चालनको पहल गरेपनि निरन्तरको वर्षा, प्रतिकूल भूगोल र सवारीसाधनको अत्याधिक चापले समस्या भएको जानकारी दिएका छन् । रासस

काबुलमा गोली चलेका बेला ५ घण्टा हिडेर विमानस्थल पुग्दा...

काठमाडौँ - विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तान संकटमा फसेको छ । सडकभरि तालिबानका विद्रोही सेना हतियारसहित तैनाथ छन् । तालिबान समूह राजधानी काबुलमा छिरेपछि सडक ठप्प बनेको छ । कतिपय ठाउँमा सवारी जाम बढेको छ ।  जाम बढेपछि त्रसित भएका मानिसहरुले गाडी छाडेर हिड्दै घर पुगेका छन् । उनीहरु…

काबुलमा गोली चलेका बेला ५ घण्टा हिडेर विमानस्थल पुग्दा...

काठमाडौँ - विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तान संकटमा फसेको छ । सडकभरि तालिबानका विद्रोही सेना हतियारसहित तैनाथ छन् । तालिबान समूह राजधानी काबुलमा छिरेपछि सडक ठप्प बनेको छ । कतिपय ठाउँमा सवारी जाम बढेको छ ।  जाम बढेपछि त्रसित भएका मानिसहरुले गाडी छाडेर हिड्दै घर पुगेका छन् । उनीहरु…

सुक्खा पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक दुईतर्फी  अवरुद्ध

असार २८ , चितवन । पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।   ईच्छाकामना गाउँपालिका वडा नम्वर ५ अन्तर्गत चेपाङ्गडाँडामा सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आइतवार बिहान साढे ४ बजेदेखि सुक्खा पहिरो खस्न शुरु भएको थियो  । उक्त कार्यालयका प्रमुख भगवानराज थापाले लोडरले बिहान पहिरो पन्छाउन खोज्दा थप पहिरो गएर सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको हो ।  ‘साढे ४ बजे खसेको पहिरो त सानै थियो, सफा गर्न लाग्दा त झन पहाडनै बग्यो’, उनले भने ।  लोडरले हाल मुग्लिन र  नारायणगढतर्फको सडक सफा गरिरहेको छ । चेपाङ्गडाँडा कालीखोला नजिकै पर्छ । पहिरो पन्छाउन न्यूनतम तीन घण्टा लाग्ने थापाको भनाइ छ । ठूलो पहिरो खसेपछि सवारी जाम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले वैकल्पिक बाटोसमेत अपनाउन भनेको  छ ।