एनसेलले एक वर्षमा नेपाल सरकारलाई २१ अर्ब ७५ करोड रूपैयाँ राजस्व तिरेको छ । एनसेलले सार्वजनिक गरेको नेशनल कन्ट्रिब्युसन ओभरभ्यु प्रतिवेदनमा सन् २०२१ मा २१ अर्ब ७५ करोड रूपैयाँ सरकारलाई कर तिरेको उल्लेख गरिएको छ ।
एनसेलले गत ५ वर्षमा सरकारलाई कर र शुल्क बापत १ खर्ब ४४ अर्ब रूपैयाँ राजस्व बुझाएको छ । ५ वर्षको समयमा सबैभन्दा बढी सन् २०१९ मा ३४ अर्ब ५६ करोड रूपैयाँ कर तिरेको छ,...