भ्रष्टाचार ठहरपछि फार्मेसी अधिकृत अधिकारी बर्खास्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालिन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्याम कुमार अधिकारीलाई बर्खास्त गरेको छ । भ्रष्टाचार गरेको पुष्टि भएपछि उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य हुनेगरी बर्खास्त गरिएको हो । फार्मेसी अधिकृत सातौं तहका अधिकारीलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको मन्त्रालयको सूचनामा उल्लेख  छ । 

सम्बन्धित सामग्री

फार्मेसी अधिकृत अधिकारी अयोग्य ठहरिने गरी सरकारी सेवाबाट बर्खास्त

काठमाडौँ । फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरिएका छन् । उनलाई भ्रष्टाचार गरेको कसुरमा भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उनलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को […]

भ्रष्टाचारको कसुरमा औषधि व्यवस्था विभागका कर्मचारी सेवाबाट बर्खास्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालीन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरेको छ । ०७१ सालमा भ्रष्टाचार गरेको ठहरिएका अधिकारीलाई मन्त्रालयले आज सूचना जारी गरी बर्खास्त गरेको हो । उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सूचनामा उल्लेख छ । अधिकारी विभागका...