अफ्गाननिस्तानमा सन् २०१७ मा भएको विभिन्न आतंककारी आक्रमणका कारण करिब २ हजार तीन सय सर्वसाधारण मारिएका वा घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा एक वर्षभित्र अफ्गानिस्तानमा मृत्यु वा घाइते हुनेको संख्या हजारौंमा रहेको उल्लेख गरिएको छ।