काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ३ करोड ६९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ५८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ८ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा घट्न पुगेको हो । इम्पेरमेन्ट चार्ज बढ्दाको असर कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा समेत देखिएको हो । गत वर्ष ७५ लाख ५५ हजारभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. २ करोड ३१ लाखभन्दा बढी रहेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ५८ प्रतिशत कम भएको छ । गत वर्ष रू. १२ करोड ५५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड २६ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ८७ लाखभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३३ करोड ३९ लाख १४ हजार छ । रिटेन्ड अर्निग रू. ९५ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम रू. ३१ करोड ७२ लाखभन्दा बढी छ । दोस्रो त्रैमाससम्म रू. १ अर्ब ८७ करोडभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. ५ अर्ब ३ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले रू. २ अर्ब ६७ करोडभन्दा बढी कर्जा सापटी लिएको छ ।
गत वर्ष ३४ दशमलव ८३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४० दशमलव २९ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २२ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १९७ दशमलव ८७ छ ।