काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूकाे जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले आलुमा देश आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनका लागि मूल्य अभिवृद्धि कर (भ्याट) को व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देश आलुमा आत्मनिर्भरतातर्फ अघि बढ्दै गएको छ । प्याजमा पनि आत्म...