कर्णाली सुनको डल्लो हो, अब कालिगढको आवश्यकता छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले कर्णाली सुनको डल्लो भएको बताएका छन् । बिहीबार उद्योग वाणिज्य संघ सुर्खेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । उनले कर्णालीमा प्रशस्त सम्भावना रहेको बताए । ‘कर्णाली सुनको डल्लो हो, तर गहना बनाउनका लागि कालिगढको आवश्यकता छ,’ शर्माले भने,‘ अब हामीले कालिगढ खोज्नुपर्छ ।’ शर्माले कर्णाली गरिब नभई अथाह सम्भावना रहेकाले अब समृद्धिको बहस गर्नुपर्ने बताए ।  शर्माले आफू केन्द्रमा रहेर गृह प्रदेशको विकास र समृद्धिका

सम्बन्धित सामग्री

नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छ : अर्थमन्त्री

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूकाे जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले आलुमा देश आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनका लागि मूल्य अभिवृद्धि कर (भ्याट) को व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश आलुमा आत्मनिर्भरतातर्फ अघि बढ्दै गएको छ । प्याजमा पनि आत्म...

देशको आवश्यकता सम्बोधन हुने कार्यक्रम : अर्थमन्त्री महत

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकता सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन्।सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन्। उनले उक्त नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान दिनरात नभनी सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारी साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाइ थियो।मन्त्री महतले

वैदेशिक सहायता राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्रै सरकारले वैदेशिक अनुदान, सहयोग र ऋण लिने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा आव २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमाथि सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले आवश्यकता र प्राथमिकता सुनिश्चित भएपछि मात्र सरकारले वैदेशिक लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “वैदेशिक सहयोगका सम्बन्धमा हामी स्पष्ट …

क्षमता र आवश्यकता अनुसार बजेट ल्याइन्छ : अर्थमन्त्री पौडेल

१९ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तक्रियामा अर्थमन्त्री पौडेलले आगामी आवको बजेट […]

नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताउनुभएको छ । आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले आज काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले आगामी आवको बजेट […]

अर्थमन्त्री शर्माले भने-कर्णाली सुनको डल्लो हो, अब कालिगढको आवश्यकता छ !

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर्णाली सुनको डल्लो भएको बताएका छन् । बिहीबार उद्योग वाणिज्य संघ सुर्खेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । उनले कर्णालीमा प्रशस्त सम्भावना रहेको बताए । ‘कर्णाली सुनको डल्लो हो, तर गहना बनाउनका लागि कालिगढको आवश्यकता रहेको शर्माले बताए । शर्माले कर्णाली गरिब नभई अथाह सम्भावना रहेकाले अब […]

दुर्गममा काठमाडौँ जस्तै नयाँ शहरको आवश्यकता देखियो : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् । लगानी बोर्डको आजको बैठकमा बोल्दै उनले विकास काठमाडौँ केन्द्रित भएकाले अर्को सहरको आवश्यकता औँल्याएका हुन् । उनी धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए । उनले वर्तमान परिप्रेक्ष्यमा कम्तीमा तीन वटा ठूला सहरको निर्माणको […]

विश्व बैकसँग थप सहयोगको आवश्यकता : अर्थमन्त्री शर्मा

काठमाडौं, असोज ४ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याउनुभएको छ । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री शर्माले कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको भन्दै विश्व बैकलाई धन्यवाद समेत दिनुभयो । सो अवसरमा अर्थमन्त्रीले नेपालमा गरिबी […]

आवश्यकता र प्रथामिकताको आधारमा विकास : प्रदेश अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले जनताको आवश्यकता र प्रथामिकताको आधारमा चुनावमा आफूले जनता सामु गरेका वाचा पूरा गर्न पहल गर्ने बताएका छन् । बिहीबार पोखराको हेम्जामा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री बरालले जनताको आवस्यकता र प्रथामिकताको आधारमा काम गर्ने बताएका हुन् । अर्थमन्त्री बरालले अधिकाँश जनता बाम गठबन्धन र एकताको पक्षमा भएपनि केही केन्द्रीय नेताहरुका कारण पार्टी विभाजन भएकाले पुनः नेतृत्वले जनताको चाहना अनुसार पार्टी एकता कायम गर्न पहल गर्नु पर्ने बताए ।