नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभामा पेस

विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेस गरेको छ । बिहीवार बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई राष्ट्रिय सभामा पेस गरेका हुन् । उनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७६ पनि राष्ट्रिय सभामा पेस गरेका छन् ।राष्ट्रियसभा बैठकले शिक्षा, विज्ञान तथा प्रविध

सम्बन्धित सामग्री

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली राजपत्रमा : गैर आवासीयलाई पनि नागरिकता

काठमाडौं । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैर आवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ ।  नियमावली असोज ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आएको आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा गृहमन्त्रालयका नागरिकता तथा परिचयपत्र व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिए ।   नागरिकतामा नेपाली नागरिकताको प्रमाणपत्र भनी लेख्ने गरिएकामा गैर आवासीय नेपालीलाई दिइने नागरिकतामा भने गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र भनी उल्लेख हुने व्यवस्था गरिएको छ । यस्तो नागरिकता लिनेलाई राजनीतिक अधिकार भने नहुने उनले स्पष्ट पारे ।    नियमावलीमा उल्लेख भएअनुसार गैर आवासीय नेपाली नागरिकता लिनेलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार भने हुनेछ । तर, उनीहरूका लागि शपथको पनि व्यवस्था पनि गरिएको शाखा प्रमुख कटुवालले जानकारी गराए ।  बाबु वा उनका परिवारले नागरिकताका लागि सनाखत गर्न नमानेमा जनप्रतिनिधिले सनाखत गरेका आधारमा पनि १६ वर्ष उमेर पुगेकालाई नागरिकता दिन सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।  सरकारी मान्यताप्राप्त अनाथालायमा हुर्किएका बालबालिकालाई स्थानीय सरकारको सिफारिसका आधारमा नागरिकता दिन सकिने भएको छ । जन्मदा एउटा लिङ्ग भएर नागरिकता लिइसकेकाले लिङ्ग परिवर्तन गरी नागरिकतामा सच्याउन चाहेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रमाणपत्रको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी नागरिकता दिन सकिने व्यवस्था पनि नियमावलीमा गरिएको छ । रासस

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभामा पेश

काठमाडौँ- विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नागरिकता विधेयक सम्बन्धी प्रतिवेदन पेश गरेका हुन् । समितिमा उक्त विधेयकमाथि दुई दिन छलफल भई हुबहु पारित भएको थियो […]

नागरिकता विधेयक पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको आईतवार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई...

नागरिकता विधेयक पुनःविचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ । नेपाल नागरिकता ऐन, २०६३ […]

राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता विधेयक टेबुल

राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ टेबुल भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सभा समक्ष टेबुल गरेका हुन् । त्यस्तै उनले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट आएको सन्देश सभा समक्ष जानकारी गराए । त्यस्तै बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले

नेपाल नागरिकता  विधेयक पारित भएकोमा एनआरएनएद्वारा स्वागत

काठमाडौं : प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ। सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो।गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए। सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताउनुभयो । सङ्घको स्थापनाकालदेखि […]

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताउनुभयो । सङ्घको …

नेपाल नागरिकता विधेयक २०७९ बहुमतले पारित

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो ।प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टी सो विधेयकको विपक्षमा रहेका थिए । प्रतिपक्षी दलले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै  विधेयकको विपक्षमा मतदान गरेका हुन् । सत्तापक्ष तथा प्रतिपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका

नेपाल नागरिकता विधेयक २०७९ माथिको सैद्धान्तिक छलफल सकियो

नेपाल नागरिकता विधेयक २०७९ माथिको सैद्धान्तिक छलफल सकिएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले हालै प्रतिनिधि सभामा प्रस्तुत गरेको सो विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले सो विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले स्वीकृत गरेका हुन् ।सैद्धान्तिक छलफल सकिएपछि अब विधेयक संसदीय समितिमा दफावार छलफलका लागि जाने बाटो खुलेको छ । यस्तै दफावार छलफल बिना विधेयकलाई सिधै पारित गर्