पर्यटनमन्त्री प्रेम आलेले विवादास्पद छविका प्रदीप अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक बनाएका छन् ।नेपाल एयरलाइन्सको सम्पत्ति कौडीको भाउमा मूल्यांकन गरेर कम्पनी मोडलमा चलाउन सुझाव दिने युवराज अधिकारीलाई नेपाल एयरलाइन्सकै कार्यकारी अध्यक्ष बनाएका आलेले पुनः छविका अधिकारीलाई क्यानको महानिर्देशक बनाएका हुन् । क्यानको इतिहासमै पहिलोपटक वरिष्ठलाई पन्छाएर कनिष्ठलाई महानिर्देशकमा नियुक्त गरिएको हो । १२औँ तहका ६ जना कर्मचारी हुँदाहुँदै मन्त्री आलेले ११औँ तहका अधिकारीलाई महानिर्देशक बनाएका हुन् ।सोमबारको मन्त्रिपरिषद बैठकले अधिकारीलाई महादिर्नेशकमा नियुक्त गरेको हो । तर, यो निर्णय भने सार्वजनिक गरिएको छैन । सम्पत्ति शुद्धीकरणदेखि अख्तियारमा सम्म उजुरी१२औँ तहका ६ कर्मचारीलाई पाखा लगाएर मन्त्री आलेले क्यानको महानिर्देशक बनाएका ११औँ तहका अधिकारीविरुद्द उजुरीका चाङ छन् । बिहिबार मन्त्रालयबाट नियुक्तिको पत्र बुझेर क्यानको महानिर्देशकको जिम्मेवारी सम्हाल्न लागेका अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेका छन् । यसअघिःनिगमको सम्पत्ति ‘कौडीको भाउ’मा मूल्यांकन गर्नेलाई मन्त्री आलेले बनाए अध्यक्षक्यानको इन्जिनियर विभागमा कार्यरत अधिकारीले ३ वटा राष्ट्रिय गौरवका आयोजनाहरु र सिभिल इन्जिनियरिङ विभागको प्रमुख रहँदा विभिन्न एयरपोर्टहरुको काम गर्दा अनियमितता गरेको आरोपमा उजुरी परेका छन् ।प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल, भैरहवामा निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि परामर्शदाता छनोट गर्दा र परामर्शदाता कम्पनीका व्यक्तिहरूसँग मिलेमतो गरि भ्रष्टाचार गरेको आरोप अधिकारीमाथि लागेको छ ।यति मात्रै होइन, यी ३ अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख पनि अधिकारी आफैँ बनेका थिए । यतिसम्म कि, उनीभन्दा अगाडी आयोजनै पिच्छे फरक फरक आयोजना प्रमुख हुन्थे । तर, उनले ‘पावर’ लगाएर एकीकृत संगठन बनाएर आफैँ आयोजना प्रमुख बने ।यी ६ जनालाई पन्छाईयोक्यानमा १२औँ तहका भोलाप्रसाद गुरागाईं, प्रतापबहादुर तिवारी, हंशराज पाण्डेय, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर थिए । ठाकुरले निमित्त महानिर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए । तर, बरिष्ठताका आधारमा प्रतापबहादुर तिवारी महानिर्देशक बन्नुपर्ने थियो ।यो पनिःबरिष्ठलाई पन्छाएर मन्त्री आलेले बनाए ‘कनिष्ठ’लाई क्यानको महानिर्देशकनिवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले अदालतमा मुद्दा दायर गरेका छन् । उनले ३ महिना मात्रै महानिर्देशक बन्न पाएका थिए । तर, क्यानको महानिर्देशक ४ वर्षका लागि नियुक्त हुने भएकाले उमेर हद देखाएर अवकाश दिन नमिल्ने दाबी उनको छ ।अदालतमा मुद्दा रहेकै अवस्थामा मन्त्री आलेले कनिष्ठ कर्मचारीलाई महानिर्देशक बनाईदिए । स्रोतले भने क्यानको महानिर्देशक र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष दुबैको थर अधिकारी रहेकाले कहीँ न कहीँ शंका उत्पन्न भएको बताएको छ ।