आन्तरिक रेमिट्यान्सको कारोबारमा कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको कारोबारमा कडाई गरेको छ । केन्द्री बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म मात्र कारोबार गर्न पाईने व्यवस्था गरेको हो । यस अघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाईने व्यवस्था थियो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले […]

सम्बन्धित सामग्री

लाइसेन्स प्राप्त व्यक्तिले मात्र घरजग्गा कारोबार गर्न पाउने

काठमाडौं, १५ जेठ : सरकारले घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । घरजग्गाको कारोबार लाइसेन्स प्राप्त व्यक्तिले मात्र गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट सुरु गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘घर जग्गा कारोबारलाई व्यवस्थित र […]

लाइसेन्स प्राप्त व्यक्तिले मात्र घरजग्गा कारोबार गर्न पाउने

काठमाडौं- सरकारले घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । घरजग्गाको कारोबार लाइसेन्स प्राप्त व्यक्तिले मात्र गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट सुरु गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘घर जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक […]

लाइसेन्स प्राप्त व्यक्तिले मात्र घरजग्गा कारोबार गर्न पाउने – देशसञ्चार

काठमाडौँ – सरकारले घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ। घरजग्गाको कारोबार लाइसेन्स प्राप्त व्यक्तिले मात्र गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष

राष्ट्र बैंकद्वारा वालेट कारोबारमा कडाई, ३ वटा नयाँ ब्यबस्था थपिए

नेपाल राष्ट्र बैंकले वालेट कारोबारमा कडाई गरेको छ । राष्ट बैंकको भुक्तानी प्रणाली विभागले एकिकृत निर्देशिकामा संशोधन गर्दै केहि नयाँ ब्यबस्था गरेको हो  ।जस अनुसार अब क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्नेछ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने भएको छ। सामान्यतया क्रेडिट कार्डवाट नगद कारोवार गर्न पाइने छैन । तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० (दश) प्रतिशतसम्म नगद झिक्न वाधा पुगेको मानिने छैन भन्ने राष्ट्र बैंकको ब्यबस्था छ। त्यस्तै विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा “पेशगरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला” भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्नु पर्ने भएको छ।  विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

घरजग्गा बजारमा तरलता संकटको बाछिटाः घट्यो कारोबार, ओरालो लाग्यो राजस्व संकलन

काठमाडौं। बैंकहरुले कर्जामा गरेको कडाई र ब्याजदर बढ्दाको असर घरजग्गा कारोबारमा देखिएको छ। चैतमा ३२ सय ६ लिखत पारित घटेर

घरजग्गा कारोबारमा यसरी फस्दैछन् नयाँ कारोबारी

घरजग्गाको कारोबारमा संकुचन आएपनि बैंकहरुको लगानी भने बढिरहेको छ । वित्तीय प्रणालीमा तरलता अभावकै अवधिमा घरजग्गामा बैंकहरुले ६१ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनाबाटै तरलता अभाव देखिएको थियो । तर, साउनदेखि पौषसम्म घरजग्गामा बैंकको लगानी ६१ अर्ब ८२ करोड छ । गत वर्षको पहिलो ६ महिनामा बैंकहरुले १६ अर्ब ४८ करोड मात्रै घरजग्गामा लगानी गरेका थिए ।तरलता अभावले कारोबार घटिरहेको भएपनि जग्गाको भाउ भने निरन्तर बढिरहेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले अर्थतन्त्रमा हाल देखिएका समस्या समाधान गर्न भन्दै घरजग्गा कर्जामा कडाई गर्ने नीति राष्ट्र बैंकले अघि सारेको छ ।तर, राष्ट्र बैंकले अघि सारेको नीतिमा व्यवसायीहरु भने खुशी छैनन् । उनीहरुले घरजग्गामा हालसम्म भएको लगानी नै जोखिममा पर्ने खतरा बढेको बताउँदै आएका छन् । यति मात्रै नभई, राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जालाई जहिल्यै अनुत्पादक क्षेत्रको लगानी भन्ने गरेकामा व्यवसायीहरु सन्तुष्ट छैनन् ।मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने भनेको छ । राष्ट्र बैंकले घरजग्गामा लगानी हुने बैंकको कर्जामा पुनरावलोकन गर्ने भनेपनि कसरी हुने र कति हुने भन्ने उल्लेख गरिएको छैन ।‘कर्जा लगानी बढ्यो’राष्ट्र बैंकले धितो मूल्यांकनदेखि घर कर्जाका रुपमा प्रवाह हुने ऋणको सीमा नै घटाउने भित्रि तयारी गरिरहेको कतिपयको बुझाई छ । तर, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र राष्ट्र बैंकको तथ्यांक नै फरक छ । सिबिफिनको अध्ययन प्रतिवेदनले घरजग्गा कर्जा बाहेकको शीर्षकमा प्रवाह भएको केही ऋण पनि करजग्गामै लगानी भएको दाबी गरेको छ । यस्तो ऋण १०.५ खर्ब रहेको सिबिफिनको दाबी छ ।यसअघिःदुर्घटनाको डिलमा पुगेको घरजग्गा कारोबारलाई मौद्रिक नीतिको समिक्षाले झनै धकेल्योराष्ट्र बैंकले भने घरजग्गामा आवासिय घरकर्जासहित कुल लगानीको २५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंक भने घरजग्गामा ५.५ खर्ब मात्रै लगानी रहेको दाबी गर्छ ।६ महिनामा घरजग्गा कर्जा १२ प्रतिशत र ओभर ड्राफ्ट कर्जा २१ प्रतिशतले बढेको छ ।फस्दै नयाँ कारोबारीघरजग्गा क्षेत्रमा भर्खरै छिरेका कारोबारीहरु अहिले फस्ने जोखिम रहेको यो क्षेत्रका जानकारहरु बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत गरेको व्यवस्थाले ठूला र पूराना कारोबारीहरु नयाँ व्यवसायीलाई केही सस्तोमा जग्गा दिएर आफू बाहिरिने क्रम बढेको जानकारहरुको दाबी छ ।‘राष्ट्र बैंकले यस्तो नियम ल्याउन सक्छ भनेर पूर्व सूचना राख्ने हैसियत भएका व्यवसायीहरुले नयाँ व्यवसायीलाई भ्यालुएशनभन्दा १/२ लाख सस्तोमै जग्गा बेचेर निस्किने क्रम करिब १ महिना अगाडीबाटै सुरु भएको थियो’ एक जना व्यवसायी भन्छन्, ‘मौद्रिक नीतिको समिक्षा आएपछि कुनै पनि ठूला व्यवसायीको प्रतिक्रिया सुन्नु भएको छ ? अफिसियल कोही कोही बोल्ने जिम्मेवारीमा भएर बोल्नुभयो होला, नत्र ठूला व्यवसायी बोलेका छैनन्, बोल्यो भने जग्गा भिडाउन पाइँदैन भनेर उनीहरु चलाख भएर नबोल्या हुन् ।’ती व्यवसायीले राष्ट्र बैंकको नीतिले ५/६ वर्ष कुरेर नाफा कमाउँदा पनि हुन्छ भन्ने व्यवसायीले जग्गा किनेर राख्दा हुने तर, ६ महिना वा १ वर्षमा नाफा कमाउने गरी अहिले जग्गामा लगानी गर्ने वातावरण नरहेको बताए ।

क्रिप्टो करेन्सीको कारोबारमा राष्ट्र बैंकको कडाई

काठमाडौं, माघ १२ । भर्चुअल हुने क्रिप्टोकरेन्सीको कारोबार नेपालमा गैर कानुनी मानिन्छ । डिजिटल रुपमा विश्वभर नै करिब १५ हजार मुद्राबाट गरिने क्रिप्टोकरेन्सी कारोबारलाई विश्वका १ सय ४५ देशले वैधानिकता मान्यता दिएका छन् । नेपालको रेमिट्यान्स क्षेत्रमा समेत प्रभाव पार्न सक्ने आंकलन गरिएको यो कारोबार नेपालमा पनि छिटफुट हुन थालेपछि राष्ट्र बैंक कडाईमा उत्रिएको छ […]

लागूओषधसहित दुई युवा पक्राउ

कोभिडले घरबाहिर निस्कनै डरमर्दो अवस्थामा पनि उदयपुरमा लागूऔषध कारोबार गर्नेको कमी आएको छैन। संक्रमणबाट बच्न प्रशासनले सेना परिचालनसमेत गरेर निषेधाज्ञा कडाई गरिरहेका बेलासमेत लागूऔषधका कारोबारमा कमी नआएको प्रमाण घट्नामा संलग्नहरु पक्राउ पर्नुले पुष्टि हुन्...