वीरेन्द्रनगर नगरपालिका–९ स्थित मंगलगढी चोकदेखि लाटिकोइली जाने सडकखण्ड निर्माण र विस्तारमा लापरबाही भएको भन्दै स्थानीयबासी आन्दोलित बनेका छन् । लामो समयदेखि सडक अलपत्र परेको भन्दै स्थानीयले मंगलगढी युथ क्लबको नेतृत्वमा आन्दोलन थालेका हुन् । सडक स्तरोन्नतिको काम १८ करोड रुपैयाँमा डीपीआर भएको थियो ।