काठमाडौं : पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु अझै पनि पार्टी मिलाउन सक्रिय भएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल निकट नेताहरुबीच गएराति निकै लामो छलफल गरेका छन्। गएराति होटल याक एण्ड यति होटलमा साँझ ६ बजेदेखि राति ११ बजेसम्म भएको छलफलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी थिए। असन्तुष्ट पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए। ‘हिजो बेलुका अलि लामै छ