काठमाडौं : आयोजना कार्यान्वयन निर्देशनालय (प्रोजेक्ट इम्प्लिमेन्टेशन डाइरेक्टोरेट-पिआइडी)ले मेलम्चीको खानेपानी वितरण गर्न काठमाडौं उपत्यकामा बिछ्याइएको नयाँ पाइपलाइनबाट मेलम्चीको पानी वितरण गर्दा चुहावट नभएको जनाएको छ। पिआइडीले बुधबार प्रेस विज्ञप्ति जारी गरी प्राविधिक टोली पठाउँदा चुहावट नदेखिएको बताएको हो।पानी चुहावट भएको भनी निर्देशनालयमा उपभोक्ताहरूले गुनासो गरेका थिए। जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकांश पुरानो पाइपलाइनबाट पानी चुह