वरिष्ठ लोकगायिका हरिदेवीलाई 'लाइफ टाइम एचिभमेन्ट' अवार्ड

वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई 'लाइफ टाइम एचिभमेन्ट' अवार्ड प्रदान गरिने भएको छ ।

सम्बन्धित सामग्री

गोरखापत्रकर्मी सम्मानित

गोरखापत्रकर्मी सुकृत नेपाल रङ्गपत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड–२०८० बाट उहाँ शक्रबार सम्मानित हुनुभएको हो । कार्यक्रममा वरिष्ठ लोकगायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० बाट सम्मानित गरिएको थियो । उहाँलाई नगदसहित सम्मान प्रदान गरिएको हो । उहाँहरूसहित अन्य पाँच जना सञ्चारकर्मी र गायकगायिकालाई पनि सम्मान प्रदान गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको थियो । उहाँले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएकाले नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अवार्डका लागि अर्थ नेपाल प्रालिको आयोजना र टोखा नगरपालिकाको सहआयोजना रहेको थियो ।

चार दर्जन विधामा हिमालय अवार्ड

विमेन्स एरा मिडिया ग्रुप प्रालि नेपालको आयोजनामा राजधानीमा हिमालय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ। कार्यक्रममा शास्त्रीय संगीतकार तथा गायक गुरुदेव कामतलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ भने लोकगायिका विद्या तिमिल्सिना, पत्रकारहरू तुलसी गिरी, लक्ष्मण सुवेदी र विष्णु सुवेदी, फिल्मकर्मी विनोद सेरेङ, नृत्य निर्देशक नारायण रिजाल, छायाँकार तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, ध्वनि सम्पादक […]

लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित

पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ । लोकदोहोरीको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने लोकगायिका हरिदेवी कोइरालालाई लाइफ टाइम अचिभमेन्ट, दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि र गुरुङ चलचित्रका महानायकको उपाधिबाट चलचित्रकर्मी तारा गुरुङलाई सम्मान गरिएको हो । त्यस्तै, गीत, सङ्गीत एवम् …