काठमाडौँ– सरकारले स्यानिटरी प्याडमा कर वृद्धि गरेको भन्दै युथ कांग्रेसमा आवद्ध कार्यकर्ताले प्रदर्शन गरेका छन्। महिलाहरुले महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले कर बढाएको भन्दै उनीहरुले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘सरकार महिनावारीमा कर कहिलेसम्म?’, ‘रातो कर माफ गर’ ‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो’ लगायतका प्लेकार्ड बोकेका थिए।