धनगढी : कैलालीको विभिन्न स्थानीय तहहरुमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालनमा छ। धनगढी उपमहानगरपालिकाले तोकेको खोप केन्द्र धनगढी कभर्डहलमा भने खोपका लागि सर्वसाधारणको घुइँचो लागेको छ।पहिलो चरणको खोप लगाउन डराएकाहरू पनि अहिले खोप केन्द्र खोज्दै आउने गरेका छन्। खोप लगाउनेहरूको अत्यधिक भीड बढेपछि प्रहरी व्यवस्थापनमा खटिएको थियो। तर, वडा प्रहरीले भीडलाई व्यवस्थित गर्न नसकेर पन्छिएको छ।खोपको कार्डमा नाम लेख्ने स्वास्थ्यकर्मीलाई सर्वसाधारणले वरिपरिबाट घेराबन्दी गर्ने गरेका छन्। बजारमा भीडभाड बढ्यो भन्