काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनलाई लाने सहमति भएको छ। गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसमा भने गठबन्धनको विषयलाई लिएर विवाद बढ्दो छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच केन्द्रमा सहमति बने पनि तल्लो तहमा लागू गर्न समस्या परेपछि कांग्रेसमा विवाद बढेकाे हाे।कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापन पक्ष गठबन्धनको पक्षमा उभिए पनि पार्टीभित्रबाट