काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।सोमबार पिसिआर परीक्षण गर्दा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो। कन्ट्याक्ट ट्रेसिङमा परेपछि पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको रिजालले जानकारी दिए।स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसेको उनले जानकारी दिए।