बैंकिङ क्षेत्रको जागिर चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल

काठमाडौँ – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताएका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गरे । उडान शैक्षिक केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी)को प्रभाव बढेकाले यो क्षेत्रमा […]

सम्बन्धित सामग्री

किसानलाई कम ब्याजदरको पूँजी पुर्‍याउन चुनौती : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई कम ब्याजदरमा पूँजी पुर्‍याउनु चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले लघुवित्त र सहकारीको ब्याज महँगो हुँदा किसानले पाउने ऋण महँगो भएको बताए । किसानलाई राहत दिन आगामी वर्षदेखि उत्पादनका आधारमा अनुदान कार्यक्रम शुरू गर्न लागिएको उनले जानकारी दिए ।  अर्थमन्त्री महतले लघुवित्त संस्थालाई लक्ष्य नबिर्सन पनि आग्रह गरे । ‘लघुवित्त र सहकारी ग्रामीण क्षेत्रमा तल्लो तहमा सेवा पुर्‍याउन प्रवर्द्धन गरिएका संस्था हुन्’ उनले भने, ‘यो लक्ष्यलाई सहकारी र लघुवित्तले बिर्सन हुँदैन ।  सहकारीमा स्थानीय सहभागी हुन्छन् । त्यहीँबाट सानोतिनो पूँजी जम्मा हुन्छ । त्यहीँका व्यक्ति सञ्चालक हुन्छन् । उनीहरूकै नियन्त्रणमा संस्था हुन्छ भन्ने धारणा सरकारको भए पनि त्यसविपरीत यसले ठूलो आकार लियो । यसका सरोकारवालाबाट व्यवस्थापक टाढा भए, जसले गर्दा सहकारी र लघुवित्तमा समस्या आएको उनको भनाइ थियो ।  कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तलाई विकास बैंकमा रूपान्तरण गर्नुपर्ने बताए । ठूला बैंक र लघुवित्तलाई एउटै डालोमा हालेर नियमन गर्दा समस्या भएको भन्दै दोस्रो तहको नियामक आवश्यक रहेको उनले औल्याए । खतिवडाले साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई कृषिक्षेत्रमा लगानी गर्ने विशिष्टीकृत संस्थाका रूपमा अघि बढाउन सकिने उल्लेख गरे । अहिले लघुवित्तको कर्जा धेरै तह पार गरेर परिचालन गर्दा महँगो भएको र यसलाई कम गर्न आवश्यक रहेको समेत उनको सुझाव थियो । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वित्तीय संस्थाको ऋण नतिर्ने भन्दै अराजक बन्नेविरुद्ध कडा कारबाही गर्नुपर्ने आवश्यकता औंल्याए ।  कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले लघुवित्तमा पनि आधारदर लागू गर्न काम भइरहेको बताइन् । लघुवित्तमा खराब कर्जा बढिरहेको र सुशासनको समस्यासमेत देखिन थालेको भन्दै यसप्रति सचेत हुन् उनले आग्रह गरिन् । सबैभन्दा ठूलो लघुवित्त  साना किसान विकास लघुवित्त वित्तीय संस्था सबैभन्दा ठूलो लघुवित्त बनेको छ । मर्जर भएपछि ३ अर्ब ३३ करोड चुक्ता पूँजीसहित सबैभन्दा ठूलो संस्था बन्न सफल भएको अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिए । ७६ ओटा जिल्ला र ५५२ स्थानीय तहमा यसको पहुँच पुगेको छ ।  मर्जरपछि संस्थाको अध्यक्षमा पाठक र प्रमुख कार्यकारी अधिकृतमा डा. शिवरामप्रसाद कोइराला छन् । संस्थाले आगामी दिनमा पनि व्यावसायिक कृषि, पशुपालन, साना तथा मझौला उद्यम क्षेत्रमा लगानीमार्फत ग्रामीण अर्थतन्त्रको रूपान्तरणमा काम गर्ने बताएको छ ।

वित्तीय शिक्षा बढाउनुपर्नेमा विज्ञहरूको जोड

काठमाडौं  । वित्तीय शिक्षाको दायरा सर्वसाधारणसम्म पुर्‍याउनुपर्नेमा यस क्षेत्रका विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् । वित्तीय साक्षरताका लागि स्थापित फाइनान्सियल लिट्रेसी नेपालको उद्घाटन कार्यक्रममा उनीहरूले वित्तीय ज्ञानको अभावमा सर्वसाधारण आधुनिक सेवासुविधाको पहुँचबाट वञ्चित रहने र कतिपय अवस्थामा ठगिने गरेको बताए । संस्थाको शुभारम्भ गर्दै पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पढेलेखेका र उच्च पदस्थहरूमा समेत वित्तीय शिक्षाको अभाव देखिएको बताए । राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका उनी फाइनान्सियल लिट्रेसी नेपालका संरक्षक हुन् । संस्थाको अध्यक्षमा पूर्वबैंकर भुवन दाहाल छन् भने सचिवमा नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरि छन् । संस्थाले वित्तीय शिक्षामा जोड दिँदै वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष दाहालले नेपालको वर्तमान आर्थिक अवस्था, भविष्यको सम्भावना र हिँड्नु पर्ने बाटोका बारेमा आफ्नो प्रस्तुति दिएका थिए । ‘नेपालको आर्थिक अवस्था चुनौतीपूर्ण छ । नेपालसँगै आर्थिक विकासका पाइला चालेका मुलुकहरू धेरै अगाडि बढिसक्दा हामी निकै पछाडि छौं,’ उनले भने । आगामी दिनमा नेपालले लिने निर्णय र तिनको कार्यान्वयन प्रक्रिया निकै चुस्तदुरुस्त हुनुपर्नेमा उनले जोड दिए ।

बैंकरलाई अर्थमन्त्रीको प्रश्न : बैंक र व्यवसायमा एउटै समूह कति ठीक ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योग, व्यापार र बैंक एउटै व्यक्ति वा समूहले सञ्चालन गर्नु उचित हो वा होइन भन्नेमा बैंकरहरूसँग सल्लाह मागेका छन् ।  सोमवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले बैंकर र उद्योगी, व्यवसायी एउटै हुनु अर्थतन्त्रका लागि कति लाभदायक हो भनेर सोधेका हुन् । ‘बैंक र व्यवसायमा एउटै व्यक्ति वा समूह देखिन्छ, यो कति ठीक हो ?’ अर्थमन्त्री शर्माले भने, ‘ठीक हो भने मेरो भन्नु केही छैन । मैले केही गर्न खोजेको पनि होइन । तर, यसमा केही संशोधन आवश्यक छ भने कसो गर्दा ठीक हुन्छ, सुझाव दिनुहोला ।’  मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझाव लिन बैंक, वित्तीय संस्था र बीमा क्षेत्रका सरोकारवालासँग छलफल आयोजना गरेको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि कृषि, वित्तीय संघीयता, शिक्षाबारे र निजी क्षेत्रसँग छलफल सकिएको र बैंक, वित्तीय तथा बीमा क्षेत्रबारे सुझाव लिने उद्देश्यले छलफल राखेको जानकारी दिए ।  उनले बजेटमा लघुवित्त कोष बनाउनेबारे सोचेको पनि जानकारी दिए । ‘लघुवित्त कोष बनाउने कि भनेर सोच्दै छु । तर, चर्को ब्याज लिएर सर्वसाधारणलाई मर्का पार्न होइन,’ अर्थमन्त्री शर्माले भने, ‘सहुलियतपूर्ण ब्याजदरमा सर्वसाधारणले लघुवित्तबाट ऋण पाउन सक्ने गरी कोष ल्याउने सोचमा छु ।’ उनले बैंकिङ प्रणालीमा पैसा राख्ने र झिक्ने अहिलेको व्यवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरे ।  ‘आफूसँग भएको पैसा बैंकमा राख्न पनि समस्या छ, झिक्न पनि समस्या छ,’ उनले भने, ‘त्यसैले धेरै पैसा घरमै थन्किएको मेरो अध्ययनले देखाएको छ ।’ उनले प्रणालीबाट गएको पैसा पुन: नफर्कनु चिन्ताको विषय भएको भन्दै सबै बैंक तथा वित्तीय संस्थालाई पारदर्शी ढंगले गतिविधि सञ्चालन गर्न आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले बताएको छ । छलफलमा  सहभागी योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले प्रत्यक्ष वैदेशिक लगानी, शेयरमा विदेशी लगानी लगायतलाई आकर्षित गर्नुपर्ने बताए । कृषि क्षेत्रको बीमामा सरकारले ठूलो लगानी गरे पनि प्रतिफल दिन नसकेको धारणा राखे । त्यस्तै, हाइपर फन्ड, क्रिप्टोकरेन्सी, ब्याजदर लगायतलाई नियन्त्रण गरी अर्थतन्त्रमा सुधार गर्न सुझाए ।  योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले उद्योग र कृषिजन्य वस्तुको आयात हुने क्षेत्रमा कृषि कर्जा लगानी भएको भन्दै वास्तविक किसानको पहुँचमा पुर्‍याउनुपर्ने बताए । उनले तरलता समस्या समाधान गर्न नोटबन्दी गर्ने हल्ला सुनेको भन्दै बजारमा ५ सय दरको नोट २१ प्रतिशत र हजार दरको नोट ७० प्रतिशत रहेकाले त्यसको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।  छलफलमा बैंकर एसोसिएशनका पूर्वअध्यक्ष अनिल साहले रेमिट्यान्स आप्रवाह बढाउन वैदेशिक रोजगारीमा जाने श्रमिकको पुन: श्रम स्वीकृतिमा नयाँ व्यवस्था गर्नुपर्ने सुझाए । ‘वैदेशिक रोजगारीमा जाने श्रमिकले कति तलब, सुविधा पाउँछ पहिले नै यकिन हुने भएकाले सरकारले तथ्यांक लिएर राख्न सक्छ । यस्ता श्रमिकलाई आम्दानीको निश्चित प्रतिशत रेमिट वा बैंकिङ प्रणालीबाट अनिवार्य पठाउनैपर्ने व्यवस्था गरिनुपर्छ । सरकारले तोकेको सीमा अनुसार पैसा आधिकारिक माध्यमबाट पठाएको नपाए पुन: श्रमस्वीकृति नदिनेसम्मको व्यवस्था भयो भने हुन्डी कम हुन्छ र रेमिट्यान्स बढ्छ,’ शाहले भने । उनले भुक्तान सन्तुलन सुधार गर्ने विषयमा सबैले चिन्ता गर्नुपर्ने पनि बताए ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले कुनै शर्तविना महिलाको नाममा १५ लाख रूपैयाँसम्म बैंकमा निक्षेप राख्न वा झिक्न सक्ने व्यवस्था गरे महिला सशक्तीकरण हुने बताए । छलफलमा उपस्थित बैंक तथा बीमा क्षेत्रका अन्य प्रतिनिधिले बैंकासुरेन्स लागू गर्नुपर्ने, बीमा कोष बनाउनुपर्ने, सातै प्रदेशमा बैंकको सेवा सहज बनाउन ‘सपोर्ट सेन्टर’ बनाउनुपर्ने, विकास बैंक र अन्य संस्थालाई साना लगानीमा केन्द्रित गरी वाणिज्य बैंकलाई ठूला परियोजनामा मात्रै लगानी गर्ने वातावरण बनाउनुपर्ने लगायत सुझाव दिएका छन् ।

अर्थतन्त्र जोखिममा : युक्रेन युद्धको असर कि नेतृत्वको कमजोरी ?

काठमाडौं । कोभिडका कारण प्रभावित देशको अर्थतन्त्र थप चुनौतीपूर्ण अवस्थामा पुगेको छ । आन्तरिकसँगै रसिया–युक्रेन युद्धका कारण अर्थतन्त्रले थप चुनौतीको सामना गर्नुपरेको जानकारहरू बताउँछन् ।  बढ्दो आयात, घट्दो विदेशी मुद्रा संचिती एवं घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन् । नेपाल राष्ट्र बैंकको...

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा : पूर्वगभर्नर डा. नेपाल

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताए ।पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताउनुभयो । डा. नेपालले मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिटेन्स लगातार […]

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको छ : पूर्वगभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन् । डा. नेपालले चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिटेन्स घट्दै गएको र विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेको भन्दै यस्तो बताएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति...