बाग्लुङ - वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधेखण्ड गए रातिदेखि बन्द भएको छ । बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सडक खण्ड बन्द भएको हो ।
सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती बेहोरिरहेका छन् । पहिराेसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ । आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले ब...