असार १, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५१ ओटा कम्पनीहरुको शेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरिएको बताएको छ ।
बोर्डले मंगलवार एक प्रेस विज्ञप्ति मार्फत गठित अध्ययन समितिले ती कम्पनीहरुको शेयरमूल्यमा चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारिएको बताएको छ । ती कम्पनीहरुमध्ये धेरै जसो जलविद्युत् कम्पनी रहेका छन् ।
उक्त सूचीकृत संगठित संस्थाहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको बोर्डले जानकारी दिएको छ ।
धितोपत्र बोर्डले लगानीकर्तालाई आफ्नो जोखिम बहन क्षमतालाई दृष्टिगत गरी वित्तीय परिसूचक मूल्यांकन गरी सुझबुझका साथ लगानी गर्न पनि भनेको छ ।
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त सूचीमा राखेको ५१ ओटा कम्पनीहरु :
यो पनि हेर्नुस् :
नेपाल धितोपत्र बोर्डद्वारा दोस्रो बजारमा जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक