नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राख्नुभयो । ‘कम्युनिष्ट पार्टीहरुको पुनर्गठनको आवश्यकता र औचित्य’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिष्ट सङ्कटतर्फ उन्मुख …