नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै उनले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरेका हुन् । पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन शनिबार चितवन आएका महतले काँग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न पनि नहुने बताए । काँग्रेस चितवनको जिल्ला अधिवेशन १३ फागुनमा गर्ने काँग्रेसले निर्णय गरेको