काठमाडौं : कुनै पनि फिल्म प्रदर्शनमा आउनुअघि प्रचारप्रसार कत्तिको गरिएको छ, बजारमा चर्चा छ कि छैन, छ भने कस्तो खालको चर्चा भइरहेको छ भन्ने कुराले त्यसको व्यवसायमा प्रत्यक्ष असर पार्ने गर्छ।त्यसैले फिल्मको प्रचारप्रसारका लागि राम्रै रकम छुट्ट्याइएको हुन्छ। व्यवसायमा नकारात्मक असर पर्ने गरी फिल्म कुनै विवादमा नतानियोस् भनेर निर्माता सतर्क भइरहेका हुन्छन्। कोरोनाको पहिलो लहरले थला पारेको नेपाली फिल्म उद्योग अझै उठ्न सकेको छैन।सरकारले हल खोल्ने अनुमति दिएको झण्डै तीन महिना भइसक्दा कुनै पनि