नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बुधबार काठमाडौँको ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैङ्किङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैङ्किङ सम्बन्धी जानकारी गराई डिजिटल बैकिङ्क प्रविधिहरूमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर