काठमाडौँ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली सक्रिय देखिएका छन् । पार्टीमा आफू अनुकुलका नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले समानान्तर कमिटी खडा गरिरहेका छन् भने ‘उपाध्यक्ष’ बामदेव गौतम पनि पार्टीलाई एक बनाउनुपर्ने भन्दै एकता अभियानमा छन् ।