एक शिक्षकको भरमा चलिरहेछ विद्यालय

वालिङ : स्याङ्जाको वालिङस्थित वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय एक शिक्षकको भरमा चलिरहेको छ।तीन कक्षासम्म मात्र पढाइ हुने यो विद्यालयमा धनबहादुर हमाल एक शिक्षक मात्र छन्।  विद्यालयमा तीन शिक्षकको दरबन्दी छ। तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापकसमेत रहेका हमालले बताए। ‘तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परेको छ’, उनले भने

सम्बन्धित सामग्री

आठ पालिका अनुदानकै भरमा

स्रोत भएर पनि परिचालन नहुँदा आन्तरिक आय कमजोर रहेका जुम्लाका आठै पालिका संघ तथा प्रदेशको अनुदानको भरमा चल्न बाध्य छन् । संघीय र प्रदेश सरकारले विशेष अनुदान, समपुरक अनुदान, सर्शत र निर्शत अनुदान वापत पठाउने रकमको भरमा स्थानीय तह चल्न बाध्य छन् । आन्तरिक आम्दानीमा स्थानीय तहको अवस्था कमजोर रहेकोछ । राजस्व संकलनका स्रोत पर्याप्त […]

मनाङका तीन पालिका निमित्तको भरमा

काठमाडौँ, १२ वैशाख । हिमाली जिल्ला मनाङको चार पालिकामध्ये तीन पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । दुई पालिकामा करिब दुई वर्षदेखि निमित्तको भरमा नै सेवा प्रवाह भइरहेको छ । मनाङको विकट क्षेत्र नार्पाभूमि गाउँपालिका र ङिस्याङ गाउँपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । करिब दुई वर्षअघि यस पालिकाका प्रमुख प्रशासकीय […]

रेल सेवा अध्यादेशकै भरमा

काठमाडौं । सरकारले कानुन निर्माणमा ढिला गर्दा अध्यादेशको भरमा रेल सेवा सञ्चालन हुँदै आएको छ । नेपालको जनकपुरदेखि भारत जयनगरसम्म रेल सञ्चालन हुँदै आए पनि यो सेवा अध्यादेशकै भरमा रहेको छ । भारत हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले गत चैत तेस्रो साता रेल सेवा भर्चुअल माध्यमबाट संयुक्त उदघाटन गरे । सन् […]

३४ वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय

सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित छ।...

३४ वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय

जलेश्वर– सरोकारवाला निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको रहस्योद्घाटन भएको छ। गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँस्थित हनुमानदत्त विश्वनाथ जनता प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा हुँदै आएको हो। यो […]

अहिले पनि कटुवालकै भरमा सूचना

आधुनिक प्रविधिको युगमासमेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो ।

कर्णाली प्रदेशका ८० कार्यालय निमित्तको भरमा

सुर्खेत, साउन १९ । लामो समयदेखि कर्णाली प्रदेशका अधिकांश कार्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् । कर्णाली प्रदेश सरकारका केही मन्त्रालय, आयोग तथा प्रदेश मातहतका कार्यालयहरू दरबन्दीअनुसारका प्रमुख नहुँदा निमित्तको भरमा सञ्चालन हुँदै आएका हुन् । प्रदेश सरकारका विभिन्न ८० कार्यालय निमित्तको भरमा चलेका छन् । ऊर्जा विकास तथा जनस्रोत मन्त्रालय सचिव नहुँदा निमित्तको […]

एम्बुलेन्सको भाडा तिरीनसक्नु : बिरामीको उद्धार स्ट्रेचरको भरमा

वर्षे झरीदेखि हिउँदयामसम्म स्ट्रेचरकै भरमा जाजरकोटका अधिकांश बिरामीको ज्यान उद्धार हुने गरेको छ । वडापालिकासम्म अस्थायी सडकको पहुँच पुगे पनि छोइनसक्नु चर्को भाडा र यातायातका साधन सञ्चालन हुन मुस्किल सडकका कारण स्ट्रेचरकै भरमा बिरामीको उद्धार हुँदै आएको हो । अधिकांश पालिकाले एम्बुलेन्स सेवा शुरु गरे पनि एम्बुलेन्सको भाडा तिर्न नसक्दा सर्वसाधारण स्ट्रेचरकै भरमा घण्ट हिँडेर …

अक्सिजनको भरमा सङ्क्रमितको उपचार

कोरोना सङ्क्रमितहरुले भरिभराउ कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको भरमा सङ्क्रमितहरुको उपचार भैरहेको छ । यो बेलाका कोरोना सङ्क्रमितहरुको श्वासप्रश्वासको समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् । तस्वीर शुरबहादुर सिंह, रासस

अक्सिजनको भरमा सङ्क्रमितको उपचार

कोरोना सङ्क्रमितहरुले भरिभराउ कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको भरमा उपचार सङ्क्रमितहरुको उपचार हुँदै । यो बेलाका कोरोना सङ्क्रमितहरुको श्वासप्रश्वासको समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् । तस्वीर, रासस