हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे-भीमफेदी-देउराली-कुलेखानी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको […]
काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक आकाश भैरवको नाच प्रस्तुत गरिएको छ । जात्राका क्रममा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको हो । तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न भएको छ। स्वास्थ्य बीमा बोर्डले असार महिनाको ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया सम्पन्न भएको हो।
जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ । ‘कन्या यातायात ८’ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालिमान्टनको बञ्जर्मासिनतर्फ जाने क्रममा दुर्घटनामा परेको हो । जहाज सेप्टेम्बर १२ मा सुराबायाबाट […]
७ असोज, काठमाडौं । काठमाडौं मोडेल माध्यमिक विद्यालय तथा कलेजले भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ …
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा तथा समूहका ३४ जना राजपत्राङ्कित तृतीय श्रेणीका प्राविधिक अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयको असोज ७ गतेको निर्णयअनुसार इन्जिनियर, केमिस्ट, कम्प्युटर इन्जिनियर तथा अधिकृत, खाद्य अनुसन्धान अधिकृत, वातावरण निरीक्षक, पुस्तकालय तथा मुद्रण अधिकृतलगायतलाई विभिन्न मन्त्रालय, विभाग, आयोग तथा निकायमा […]