अलैंचीको मूल्य बढेपछि किसान उत्साहित

गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा बिक्री भएको अलैंची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा बिक्री भएपछि किसान उत्साहित भएका छन् ।

सम्बन्धित सामग्री

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

फुङलिङ (ताप्लेजुङ) – कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन्। गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन्। एक मनमा ४० केजी अलैँची हुन्छ। अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन रु […]

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

इलाम – बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् । गत वर्ष मुस्किलले प्रतिमनअर्थात् ४० किलो रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु ५४ हजारसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार […]

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

भोजपुर – बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन्। चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन९४० केजी० रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन्। यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए। सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी रु १० हजारका दरले […]

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

भोजपुर- बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।  यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए । सुरुमा प्...

धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित

मोरङ – अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेशमा यसपटक रु १३ लाख […]

चैतेधानले दोब्बर मूल्य पाएपछि किसान उत्साहित

मोरङका किसानलाई यतिबेला असारे रोपाईको चटारो त छँदैछ यससंगै बेग्लै उत्साह पनि थपिएको छ । उनीहरुले यस वर्ष चैतेधानको मूल्य गत वर्षभन्दा दोब्बर पाएपछि उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय ५० …

म्याग्दीमा अम्रिसोकाे मूल्य बढ्याे, किसान उत्साहित

म्याग्दी । म्याग्दीका ग्रामीण भेगका किसानहरुलाई भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका हुन् । २ वर्षअघि प्रतिकिलो ४० रूपैयाँका दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो अहिले प्रतिकेजी १ सय २५ रुपैयाँमा बिक्री हुन थालेकाे हाे । […]

चिराइतोले उचित मुल्‍य पाएपछि भोजपुरका किसान उत्साहित

११ माघ, भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । यहाँका […]

चिराइतोको मूल्य बढ्यो, किसान उत्साहित

भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि यहाँका किसान उत्साहित भएका छन् । चाररपाँचवर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएको हो। पछिल्लो समय मूल्यमा कमी आएपछि धेरै किसानले यसको खेतीलाई छाड्दै गएका थिए। अहिले विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतोखरीदगर्न थालेका छन् । गत वर्ष आठदेखि दश हजारमा बिक्री भएको चिराइतो अहिले किसानको […]

ताप्लेजुङमा अलैंची खरीदविक्री शुरू : मूल्य बढेपछि किसान उत्साहित

ताप्लेजुङ । ताप्लेजुङमा गत हप्तादेखि नयाँ मूल्यमा अलैंची खरीदविक्री शुरू भएको छ । अलैंचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य गतवर्षको भन्दा धेरै रहेकाले किसान तथा व्यवसायी उत्साहित छन् । पछिल्ला केही वर्षयता अलैंचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष शुरूमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैंचीको मूल्य प्रतिमन रू. ३२ हजारदेखि ३५ हजारसम्ममा खरीदविक्री भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम्रो भएकाले अलैंची किसान तथा व्यवसायी दुवैलाई उत्साहित बनाएको छ । जिल्लाकै प्रमुख नगदेबालीको रूपमा रहेको अलैंचीको नयाँ मूल्य गतवर्षको भन्दा यस वर्ष रू. १२ हजारदेखि १४ हजारसम्म बढी रहेको सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी दिनेश अधिकारीले बताए । उनका अनुसार गतवर्ष नयाँ अलैंची बजारमा कारोबार हुन थाल्दा प्रतिमन रू. २० हजारदेखि २२ हजार मात्र मूल्य थियो । यस वर्ष शुरूमा आएको अलैंचीको मूल्यले किसान तथा व्यवसायी दुवैलाई सन्तुष्ट बनाएको उनको भनाइ छ । फुङ्लिङ बजारकै अर्का व्यवसायी भद्र रेग्मीले पनि यस वर्षको अलैंची मूल्यले किसान तथा व्यवसायीलाई उत्साहित बनाएको बताए । ‘विगतका वर्षमा प्रतिमन रू. २० हजारदेखि २२ हजारमा कारोबार हुँदै आएको अलैंची यस वर्ष गतवर्षको तुलनामा प्रतिमन १५ हजारसम्म बढी हुनु धेरै राम्रो हो,’ उनले भने । यसरी शुरूमै राम्रो मूल्य आएकाले सिजनसम्म नै राम्रो मूल्य आउने जिल्लाका किसान तथा व्यवसायीले अपेक्षा राखेका छन् । यता, यस वर्ष अलैंची उत्पादन भने ह्वात्तै घटेको किसानले बताएका छन् । अहिले औल क्षेत्रको अलैंची निस्कन थालेको र औल क्षेत्रमा विगतको तुलनामा आधाभन्दा धेरै उत्पादन घटेको फुङ्लिङ नगरपालिका–१ का किसान मकरजङ लिम्बूले बताए । उनका अनुसार यस वर्ष औल क्षेत्रमा सबैतिर अलैंची नफलेकाले उत्पादन घटेको छ । लेकाली क्षेत्रमा भने अलैंची फल राम्रै लागेको किसानले बताएका छन् । लेकाली क्षेत्रको अलैंची भने कात्तिकदेखि मंसिरसम्ममा निस्कने गर्दछ । रासस