काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
आज सोमवार काठमाण्डाैमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले कोरोनाका कारण आमा–बुबा गुमाएका बालबालिकाकाे शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताउनुभयो ।
महामन्त्री थापाले बालबालिकामा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकालाई उचि...