श्रमिक सुरक्षा (सम्पादकीय )

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्व नै प्रभावित भएपछि आप्रवासी श्रमिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत कामदार प्रत्यक्ष मारमा छन् । धेरैले रोजगारी गुमाएका छन्, त्योभन्दा धैरैको रोजगारी खुम्चिएको छ । कतिपय विदेशी भूमिमा अलपत्र छन् । समस्यासँगै समाधानका प्रयास पनि गरिएको छ । सङ्क्रमणको अवस्थामा कमी आएपछि विभिन्न मुलुकले श्रमिक तथा रोजगारीकेन्द्रित नयाँ कार्यक्रम ल्याएका छन् । नेपालले विदेशमा अलपत्र श्रमिकको उद्धार गरी नेपाल फर्केकाहरूलाई कृषि तथा औद्यागिक, प्रधानमन्त्री रोजगार कार्यक्रम, स्थानीय तहले लगाउने कामजस्ता रोजगारीमा आबद्ध गर्दै बेरोजगारी समस्याको न्यूनीकरणका प्रयास गरेको छ । श्रमिक सञ्चित कोषबाट श्रमिकलाई राहत उपलब्ध गराएको छ तर समस्याको गहिराइ र फैलावटका कारण यस्ता पहलको अझ धेरै आवश्यकता छ ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगार हाम्रो रहर नभएर बाध्यता हो

यसका तीनवटा क्षेत्र छन्– पहिलो श्रमिक, दोस्रो रोजगार प्रवद्र्धन र तेस्रो श्रमिक सुरक्षा अर्थात् सामाजिक सुरक्षा।...

श्रमिक जनचेतना कार्यक्रम गर्दै नेपाली दूतावास ओमान

दोहा – ओमानस्थित नेपाली दूतावासले नेपाली श्रमिक लक्षित जनचेतना कार्यक्रम गर्ने भएको छ । दूतावासले आगामी जुलाई १ तारिख शुक्रबारका दिन मस्कटले दोफार प्रशासनिक क्षेत्रको सलाला आसपासमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागेको हो । दूतावासका अनुसार श्रमिक सुरक्षा, जनचेतना, श्रमिक हकहित तथा नेपाल सरकारको पछिल्लो निर्णयअनुसार घरेलु कामदारलाई पारिवारिक पुनः मिलनको लागि […]

कतारमा श्रमिक सुरक्षा र सचेतनामूलक कार्यक्रम सम्पन्न

कतारस्थित नेपाली राजदूतावास दोहाले नेपाली महिलाका लागि श्रमिक सुरक्षा र सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । दूतावासले हिजो ( शुक्रबार) कतारको अल डल्ला कन्टयाटिङ कम्पनीमा कार्यरत ३० जना नेपाली महिलालाई श्रमिक सुरक्षा र सचेतनामूलक कार्यक्रम गरेको दूतावासले जानकारी दिइएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्वाजले विभिन्न पेशा, व्यवसायमा आवद्ध कतारमा रहनुहुने सबै नेपाली नागरिकहरूले स्थानीय संस्कृति, धर्म र प्रचलित कानून प्रतिकूल नहुने गरी सजक रही आफ्नो पेशा प्रति ईमान्दार रहन अनुरोध गर्नुभयो । राजदूत भारद्वाजले सहभागी नेपाली सबै महिलाहरुलाई नेपालको ईज्वत र आफ्नो स्वाभिमान र आत्मसम्मानलाई मनमा राखेर कार्य गर्न अनुरोध गर्नुभयो । उक्त कार्यक्रममा वैदेशिक रोजगारीका सिलसिलामा कतारमा आउनु अघि र आए पश्चात गर्न हुने,नहुने कामहरु र कतारको कानूनका विषयमा प्रस्तुतीकरण गरिएको थियो । कोभिड १९ को संक्रमणको विध्यमान परिस्थितिमा कतार सरकारद्वारा अवलम्बन गरिएका सुरक्षा र सतर्कताका उपायहरूको पालना गर्दै सबैले थप सजग र सुरक्षित हुनुपर्नेमा जोड दिइएको थियो । साथै, राजदूतावासले जारी गर्ने राहदानी र ट्राभल डकुमेन्ट लगायत कन्सुलर सेवाका बारेका पनि सहभागीहरूले उठान गरेका विविध प्रश्नहरूको जवाफ दिइएको थियो । उक्त सचेतना कार्यक्रममको उदेश्यबारे द्वितीय सचिव भुवन भट्ट, श्रमसँग सम्वन्धित बिषयमा श्रम काउन्सेलर कृष्णप्रसाद खनाल, राहदानी तथा ट्राभल डकुमेन्ट सम्बन्धी सेवाको वारेमा द्वितीय सचिव श्रचा भट्टराईले प्रस्तु

रियादामा श्रमिक सुरक्षा सम्बन्धी सचेतना, १९० जनाको स्वास्थ्य परीक्षण

३१ डिसेम्बर, साउदी । नेपाली राजदूतावास साउदी अरेवियाले रियादमा श्रमिकको सुरक्षा सम्बन्धी सचेतना मुलक कार्यक्रमसँगै स्वास्थ्य परीक्षण गरेको छ । कार्यक्रममा साउदीअरवमा नेपाली कामदारका समस्या र समाधनका उपायका बारेमा जानकारी दिइएको थियो । श्रम काउन्सेलर अम्बिकाप्रसाद अधिकारीले कामदारहरुका समस्या र समाधानका उपायका बारेमा जानकारी दिएका थिए भने दूतावासका स्थानीय कर्मचारीहरुले कामदारले ध्यान …