स्मार्ट भिलेजले चिनिएको घलेगाउँलाई गत वर्ष वैशाख २ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी गाउँ’ घोषणा गरे । यस वर्ष वैशाख १ मा जिल्लाकै ठूलो धनराशि (प्रथम पुरस्कार ५ लाख ५ सय ५५ रुपैयाँ) को पुरस्कार राखेर देशका चर्चित क्लबलाई आमन्त्रित गरेर फुटबल खेलाइयो । बेला–बेलामा गरिने क्रियाकलापले पनि थप चर्चित हुँदै गरेको घलेगाउँमा हरेक वर्ष (वैशाख २३–२५) आयोजना गरिँदै आएको घलेगाउँ महोत्सव दुई दशकपछि स्थगित गरिएको छ । ग्रामीण पर्यटकीय गाउँ, सार्क भिलेज, स्मार्ट भिलेज हुँदै अहिले घलेगाउँको पर्याय बनेको छ, ‘सुखी गाउँ’ ।