हेटौँडा । टुक्रे योजना बनाएर विकास बजेटबाट कार्यकर्तालाई फाइदा पुग्नेमात्र काम गरेको भन्दै वागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । संघीयताको मर्मविपरीत स्थानीय सरकारलाई बेवास्ता गर्दै उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको उजुरीमा उल्लेख छ । प्रदेश मन्त्रिपरिषद्को २०७८ फागुन ६ गतेको निर्णयले विनियोजनन विधेयकविपरीत २२ सय ९९ वटा […]