हुन्डाई आयोनिक– ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक– ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ ।

सम्बन्धित सामग्री

‘हुन्डाई न्यू एयर डिलाइट २०२४’ योजना

काठमाडौं। हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई न्यू एयर डिलाइट २०२४’ योजना ल्याएको छ । यो योजना गत सोमवारदेखि नेपालभरका शोरुममा लागू हुने बताइएको छ ।  यस योजनाअन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छूट, विद्युतीय गाडीको खरीद गर्दा प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँसम्मको ‘गो–ग्रीन’ बोनसका साथै गाडीको मोडल एयरको आधारमा ५ लाख रुपैयाँसम्मको छूट प्राप्त गर्ने बताइएको छ । यसैगरी गाडी खरीदमा एक वर्षसम्मको निस्शुल्क बीमा तथा सवारी कर र तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाइने कम्पनीले जानकारी दिएको छ । सबै हुन्डाई आईसीई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको निस्शुल्क सर्भिसिङ र ईभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध हुने बताइएको छ । यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरीद गरी फाइदा लिन सकिनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

काठमाडाैँ- हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी सेन्टरका ५० जना बढी बाल बालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ। ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा ललितपुरको धापाखेल स्थित सेरेब्रल पत्सी सन्टरमा ५० जना बढी बाल बालिकालाई स्टेशनरी र अन्य सामग्रीहरु सेन्टरको माग अनुसार उपलब्ध गरएको थियो। हुन्डाई नेपालले हुन्डाई मोटर कम्पनीको मोबिलिटी सँग सबैलाई जोड्ने […]

धनगढीमा हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टको शाखा

काठमाडौं । हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टले धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई सेवा उपलब्ध गराउन सजिलो बनाउने उद्देश्यले कम्पनीले धनगढी उपमहानगरपालिका–१३ स्थित गेटामा शाखा सञ्चालनमा ल्याएको हो । सो शाखामार्फत थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पाटपुर्जासम्बन्धी सेवा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । हुन्डाईका एक्स्काभेटर, चट्टानलगायत पदार्थ फुटाउने ‘जिसुङ र रामर’ ब्रान्डका हाइड्र«ोलिक रक ब्रेकर, एमबी बकेट क्रसर लगायत सामान सो शाखामार्फत उपलब्ध गराइने कम्पनीको भनाइ छ । यससँगै निर्माण व्यवसायी तथा इक्विपमेन्ट अपरेटरले भरपर्दो हेभी इक्विपमेन्ट किन्न टाढा जाने बाध्यताको अन्त्य हुने विश्वास कम्पनीले लिएको छ ।

हुन्डाई भेन्यूको एन-लाइन भेरियन्ट सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । हुन्डाई भेन्यूको नयाँ भेरियन्ट एनलाइन भारतीय बजारमा सार्वजनिक भएको छ । हुन्डाई मोटर्स इन्डियाले दुई भेरियन्टमा भेन्यू एन-लाइन सार्वजनिक गरेको हो । भेन्यू एन-लाइन एन ६ र एन ८ गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ । यो कार तीनवटा डबल टोन र दुई मोनोटोन कलरमा उपलब्ध हुनेछ । एन–लाइनमा नयाँ ग्रिलको साथ  फ्रन्ट फेन्डर, […]

हुन्डाई हेभी इक्विपमेन्टको अनमोल अफर

ग्राहकको सन्तुष्टि तथा सेवा अनुभवलाई थप प्रोत्साहन दिने उद्देश्यले कन्स्ट्रक्सन सोलुसन प्रालि नेपालले हुन्डाई अनमोल अफर बजारमा ल्याएको छ ।अफरअन्तर्गत ग्राहकहरुले हुन्डाई आर १४० एलएस स्मार्ट खरिदमा २ हजार घण्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ ।उपकरणहरु उचित मूल्यमा पाइनका साथै स्पेयर […]

हुन्डाई अनमोल अफर सार्वजनिक

काठमाडौं (अस) । ग्राहक सन्तुष्टि तथा सेवानुभवलाई थप प्रोत्साहन गर्ने उद्देश्यले कन्सट्रक्सन सोलुसन प्रालि नेपालले ‘हुन्डाई अनमोल अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले हुन्डाई आर१४०एलएस स्मार्ट खरिदमा २ हजार घन्टा बराबरको सर्भिस किट नि:शुल्क प्राप्त गर्न सक्नेछन् । हुन्डाईका उपकरण अत्याधुनिक  प्रविधिबाट शक्तिशाली भरपर्दो इन्जिन राखेर निर्माण हुने गरेको कम्पनीको दाबी छ । हुन्डाईका उपकरण र स्पेयर पार्ट्स पनि उचित मूल्यमा सजिलै बजारमा  उपलब्ध हुनुका साथै सेवाप्रदायक कम्पनीले साताको सातै दिन डोर टू डोर सेवा उपलब्ध गराइरहेका छन् । हुन्डाईका निर्माण उपकरण कम सञ्चालन लागतमा उच्च लोड वहन क्षमताका रहेको कम्पनीले बताएको छ । कन्सट्रक्सन सोलुसन प्रालि नेपालका लागि हुन्डाई कन्सट्रक्सन इक्विपमेन्टको वितरक हो । कन्सट्रक्सन सोलुसन प्रालि मूल तया हुन्डाई निर्माण उपकरणको समग्र बिक्री, सेवा र स्पेयर पार्ट्सका साथै जिसुङ ब्रेकर्स, र्‍यामर ब्रेकर र एमबी बकेट क्रसरको व्यवसाय तथा सेवामा केन्द्रित छ । कम्पनीले उकरण तथा सेवाको गुणस्तर, सेवामा ग्राहकको सन्तुष्टि र हुन्डाई कन्सट्रक्सन मेसिनसँग सम्बन्धित स्पेयर पार्ट्स देशभर उपलब्ध गराउँदै आएको छ ।

अल न्यू हुन्डाई टुसानको बिक्री सुरु, कति छ मूल्य ?

हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान विश्वभर चर्चामा रहेको मोडल हो । ‘मोस्ट डाइनामीक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’ को संज्ञा दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रीक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ ।नेपाली बजारमा नयाँ जेनेरेशन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ । जसमा जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ । यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेशन टुसानमा भ्यान्टीलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटीक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउने छ । बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर रहेका आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । हुन्डाई मोटर्स विश्वकै ५ औं ठूलो कार उत्पादक कम्पनी हो ।

हुन्डाई भेन्यू एसएक्स (भिडियो रिभ्यु)

काठमाडौं । हुन्डाई गाडीका लागि नेपालको अधिकृत विक्रेता हो लक्ष्मी इन्टरकन्टिनेन्टल । कम्पनीले हुन्डाई भेन्यूमा इन्टेलिजेन्स म्यानुअल ट्रान्समिसन (आईएमटी) प्रणाली भएको नयाँ गाडी नेपालमा भित्र्याएको छ । भेन्यु आईएमटी एस र आईएमटी एसएक्स भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  दुवैमा टर्बो जीडीआई १.० लिटरको इन्जिन जडित छ । यसको पिकअप...

हुन्डाई ७ सिटर प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ?

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।कोरियन ‘प्यालिसेड’ ७ सिटर प्रिमियम एसयूभी हो । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेक