अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्केगाड गाउँपालिका ३ का वडाध्यक्ष गजबहादुर रावतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीसहित ४ जनाविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।