केपी ओली सत्तामा भएसम्म निर्वाचन हुँदैन : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा रहुञ्जेल निर्वाचन हुन नसक्ने ठोकुवा गरेका छन् ।विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री ओली राष्ट्रपतिसँग मिलेमतो गरेर सर्वैसर्व बनेर सत्ता कब्जा गरी एकतन्त्रीय शासन लाउन उद्दत रहेको टिप्पणी गरे । उनले भने, “ओलीजी सत्तामा रहेसम्म निर्वाचन हुनै सक्दैन । यदि भइहाल्यो भने […]

सम्बन्धित सामग्री

वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।

शासकीय सोच

जुनसुकै दल सरकार गए पछि विभिन्न नीति, कार्यनीति र रणनीति लागू गरेर सवैलाई ठीक पार्ने सोच पलाउँदो रहेछ । सरकारभन्दा बाहिरका नागरिकले राम्रो नराम्रो के भन्छन् भनेर बुभ्mने त्यहीअनुसार अगाडि बढ्ने सोचनै आउँदो रहेनछ । केपी ओली सरकारले अनेक वितण्डा मच्चायो, नयाँ सरकारलाई पनि त्यही भूतले सताउन थालेको छ । सरकारमा गएपछि आप्mना विरोधीलाई यो वा त्यो ढंगले कानूनको दायरमा ल्याएर नियन्त्रण र शासन गर्ने मनसाय कहिल्यै राम्रो हुँदैन । सरकारले कुल बजेटको करीब २५ प्रतिशत बजेट (आधा उधारो) ९८ प्रतिशत जनताको लागि विनियोजन गरिएको छ भने करिव ७५ प्रतिशत बजेट २ प्रतिशत सुकिला मुकिला व्यक्तिहरूको भरण पोषणका लागि व्यवस्था गरिएको छ । शिक्षा स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने साधनका रूपमा विकास गरिएको छ । स्थानीय करको दर र दायरा आकाशिँदो छ । गरीब निमुखाले तिरेको ७५ प्रतिशत कर प्रत्यक्ष अप्रक्ष रूपमा धनी वर्गका लागि विनियोजन भएको पाइन्छ । सरकारका प्रधानमन्त्री, मन्त्रीहरू र सरकारको नुन चाटेका आसेपासेहरू मुरली बजाएर, माला र खादा लगाएर सपना बाँड्न व्यस्त छन् । गरीब निमुखा नागरिकले उठाएका आवाजहरूको ओठे जवाफ दिन लागिपरेका छन् । हाम्रो सरकार आधारभुत तथा मौलिक अधिकारका बारेमा थोरै पनि हेक्का राख्दैन । गलत नीति र जनचाहना विपरितका काम गर्न नै रुचाउँछ । भित्तामा पुगेको कांग्रेस केपी ओलीको मनपरितन्त्रका कारण सत्तामा पुग्न पाएको छ । तर ऊ अझै चेतेको छैन । बाध्यताले गर्दा कांग्रेसलाई अरूले सहयोग गरेका हुन् । तर डेढ वर्षमा यस्तै शासन चलायो भने कांग्रेसले आगामी निर्वाचन जित्ने छैन । कांग्रेसले राम्रो गरेर होइन, वामपन्थीहरूले नराम्रो गरेर मात्रै शासन गर्ने अवसर पाएको हो । तर, शासकीय सोच भने कांग्रेसमा अत्यधिक छ । कसैलाई नगन्ने र आपैm सर्वेसर्वा ठान्ने प्रवृत्ति छ । सुशासनका नाममा सदाचार नीति जारी गरेर यो सरकारले नागरिक संस्था, अन्तरराष्ट्रिय गैर सरकारी संस्था, विरोधी दल र दातृ निकायलाई आपूmअनुकूल प्रयोग गर्छु भनेर सोचेको रहेछ भने त्यो उसको लागि प्रतिउत्पादक र आत्मघाती हुनेछ । कांग्रेस सरकारले सुशासन, विकास, समृद्धि, शान्ति देला भन्ने अपेक्षा नै छैन । खालि ओलीले भन्दा खराब काम नगरोस् भन्ने चाहना धेरैमा छ । तर, यस्तो चाहना विपरीत कांग्रेसले कदमकदममा गल्ती गरिरहेको छ । के कुनै पनि दल सत्तामा जानेबित्तिकै यस्तै हुने हो त ? सोमप्रसाद धिताल रानीवन, काठमाडौं ।

संसारकै चलन विपरीत ओली सत्तामा बसिरहेको नेपालको आरोप, एमसीसीमा सकारात्मक

विराटनगर : पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले संसारभरिकै प्रचलनविपरीत केपी ओली अनैतिक तवरले प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको आरोप लगाएका छन्। विराटनगरमा स्थानीय संवाददातासित नेता नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेपछि पनि ओलीले राजीनामा नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। नेपालले निर्वाचन आयोगले पार्टीका ४ सय ४१ केन्द्रीय…