विगत दुई वर्षदेखि अवरुद्ध कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभीए प्रसारण लाइन विस्तार गर्न बाटो खुलेको छ । प्रसारण लाइनको टावर निर्माण गर्न बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको १७५ रोपनी जग्गा प्रयोगमा आउँछ । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रफल बराबरकै जग्गा सट्टाभर्नाबापत दिने भएपछि प्रसारण लाइन विस्तारका सबै अड्चन हटेको हो । ‘निकुञ्जअन्तर्गतको जग्गा प्रयोग गरेबापत अर्को स्थानमा जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भएको छ,’ प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियात यादवले बताए ।