नेपाल पत्रकार महासंघ काठमाडौँको बाइसौँ साधारण सभा सम्पन्न

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। नेपाल पत्रकार महासङ्घ काठमाडौँको बाइसौँ साधारण सभा सम्पन्न भएको छ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा २०७७ माघ २४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा कक्षमा सो कार्यक्रम सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन समेत गर्नुभएका प्रमुख अतिथि गुरुङले मन्तव्य राख्दै आफ्नो मन्त्रालय देशभरिका पत्रकारको अभिभावक मन्त्रालय भएको दावी गर्नुभयो । प्रेस पास वितरणको प्रदेशस्तरमा गरिएको व्यवस्था तथा पत्रकारको कल्याणकारी कोषमा पाँच करोड विनियोजित गरिएको तथा त्यसलाई अझै बढाएर १० करोड पुर्याउने सरकारको योजना रहेको बताउँदै उहाँले यस्तो दावी गर्नुभएको थियो । उहाँले पछिल्ला दिनमा पत्रकारको आवाज सरकारले सुनेन भन्ने स्थिति नरहेको समेत बताउनुभयो । कार्यक्रममा राष्ट्रियसभाका सांसद रामनारायण बिडारी, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रेस काउन्सिलका का.वा. अध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासङ्घ काठमाडौँका पूर्व अध्यक्षहरूको तर्फबाट शम्भु श्रेष्ठ, पुरष्कृत पत्रकारहरूको तर्फबाट ईश्वरी वाग्ले, बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटा र पत्रकार महासङ्घका महासचिव रमेश विष्ट पनि मन्तव्य दिनुभएको थियो । साधारण सभाको उद्घाटन सत्रमा प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलिप थापासहितका विभिन्न पत्रकार सङ्घ/सङ्गठनका पदाधिकारी तथा प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो । सो अवसरमा १४ वटा बेग्लाबेग्लै पत्रकारिता स्मृति पुरस्कार प्रदान गरिएको थियो । यसरी पुरस्कार प्राप्त गर्ने पत्रकारहरूमा राजेन्द्र स्थापित, शम्भु श्रेष्ठ, बलराम थापा, गोपाल बुढाथोकी, दामोदर दवाडी, देवेन्द्र चुँडाल, ज्ञानु दास, निर्मला शर्मा, ईन्द्र रिजाल, विश्वराम किराँत, ईश्वरी वाग्ले, निरोजन गौतम, टिबी विरही र मानध्वज लामा हुनुहुन्थ्यो । पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षता तथा सचिव मोहनप्रसाद पन्तको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा पत्रकार महासङ्घ काठमाडौँको स्मारिका (पत्रकारिता) प्रमुख अतिथिद्वारा विमोचन गरिएको थियो । एवम् प्रकारले सो अवसरमा बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटाले प्रेस सामग्रीसहितको दुई वटा झोला प्रदान गर्नुभएको थियो भने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्धर शाक्यले पत्रकारको कल्याणकारी कोषका लागि १५ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो । साधारण सभाको दोस्रो चरणको बन्दसत्र ईश्वरी वाग्लेको अध्यक्षतामा अघि बढेको थियो । बन्दसत्रमा सचिव ...

सम्बन्धित सामग्री

शान्त पहरीको नेतृत्वमा नेपाल पत्रकार महासंघ जापानमा नयाँ कार्यसमिति

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट पहरी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । तीन प्रतिस्पर्धीलाई उछिनेका पहरीले आगामी तीन वर्षका लागि महासंघको नेतृत्व गर्नेछन् । अध्यक्षका प्रत्यासीहरू क्रमशः शान्त पहरीले १६ मत, दीपक गौतमले १४ मत, कविकिरण न्यौपानेले ११ मत र …

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। शाखाको आईतबार सम्पन्न अधिवेशनबाट १६ मत प्राप्त गरी पहरी अध्यक्षमा निर्वाचित भएका हुन्।...

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव मण्डलको निधन

नेपाल पत्रकार महासंघ रौतहट शाखाका  पूर्व सचिव पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ । बुधवार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ४९ वर्षीय मण्डलको निधन भएको हो । जिल्लाको दुर्गाभगवती गाउँपालिकाको मत्सरी निवासी उनी लामोसमय उपचाररत रहेका थिए ।विगत ४ वर्ष अघि जिल्लाको माधवनारायण नगरपालिकाको लागि भारतीय दुतावास काठमाण्डौबाट एम्बुलेन्स बुझेर फर्किने क्रममा दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उपचारकै क्रममा चिकित्सकको लापरबाहीले अपाहिज भएका मण्डलको  लामोसमय देखि  वीरगंजमा

नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यही साउन २६ गते बिहिवार विभिन्न विभाग र केही समिति गठन गरेको छ । निर्वाचित भएको १६ महिनापछि शाखाले विभिन्न विभाग र समिति गठन गरेको हो । शाखाका पदाधिकारी तथा सदस्यहरु प्रमुख रहने ती विभागमा रहने सदस्यहरुको संख्या थप गर्न सकिने कार्य समिति सदस्य रमेश कुमार बोहोराले बताएका छन् । …

नेपाल पत्रकार महासंघ प्रदेश १ द्वारा ११ बुँदे घोषणपत्र जारी

मोरङ – नेपाल पत्रकार महासंघ प्रदेश १ को प्रदेशस्तरीय भेलाले विभिन्न ११ बुँदे घोषणपत्र जारी गरेको छ। विराटनगरमा बिहीबार सम्पन्न भेलाले कोरोना संक्रमणका बहानामा सञ्चारगृहबाट निष्कासन, बेतलबी बिदामा राख्ने, तलब घटाउनेलगायत कार्य गर्न दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ। भेलाले साना तथा स्वरोजगारमुखी सञ्चार गृहको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापनसँगै स्थानीय विज्ञापन स्थानीय सञ्चारगृहलाई उपलब्ध गराउन मातहतको […]

नेपाल पत्रकार महासंघ गोरखाको भवन शिलान्याश

७ चैत्र, गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको आफ्नै भवन बन्ने भएको छ । गोरखा नगरपालिका-८ मा बन्ने भवनको सोमवार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्याश गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै उनले पत्रकारहरुको संस्थागत बिकासका लागी गण्डकी प्रदेश सरकार सदैव तयार रहने बताए । ‘गण्डकी प्रदेशका जिल्लाहरुमध्ये जहाँ पत्रकार महासंघको भवन […]

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार  ५८ वर्षीय रामानन्द प्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर विराटनगरको न्यूरो अस्पतालमा उपचाररत उनको शुक्रवार दिउँसो निधन...

अहिलेको मुख्य प्राथमिकता नागरिकको स्वास्थ्य सुरक्षा : नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सरकारसहित राज्यका सबै निकायको प्राथमिकता अहिले नागरिकको स्वास्थ्य सुरक्षा बन्नु पर्नेमा गम्भीर ध्यानाकर्षण गराएको छ।...

नेपाल पत्रकार महासंघ धनगढीको कार्यालयमा तालाबन्दी

नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ । बुधबार प्रेस मञ्च नेपाल र जन पत्रकार संगठन नेपालले तालाबन्दी गरेका हुन्