आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा चुनाव चिह्न हरियो रंगको प्रयोग हुने जानकारी निर्वाचन आयोगले दिएको थियो । सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा आगामी निर्वाचनमा मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने बताएको थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको बिरोध गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै दल विशेषलाई फाइदा पुग्ने गरि आयोगले निर्णय गरेको आरोप लगाए । कमजोर आँखा हुनेहरुले रुखैरुख देख्नु भनेर हरियो राख्न लागेको ओलीको टिप्पणी थियो ।&nb