बाढीले बगायो निर्माणाधीन पुल

ओलखढुङ्गा – सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने  पुल बाढीले बगाएको हो । झन्डै २३ करोड रुपैयाँ लागतमा चुँदी कन्ट्रक्शन प्राली सानेपाले पुल निर्माणको ठेक्का लिएको थियो । दुई सय १० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । बुधवार मात्रै ढलान गरिएको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल नि...

सम्बन्धित सामग्री

बाढीले बगायो बन्दै गरेको पुल

सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको नवलपुरमा निर्माणाधीन पुल । ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल सुनकाशी नदी आएको बाढीले बगाएको हो । २१० मिटर लामो पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको हो । करिब २३ करोडको लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले पुल निर्माणको काम गरिरहेको थियो । तस्वीर : पूर्णप्रसाद न्यौपाने/रासस

धनुषामा बाढीले बगायो निर्माणाधीन पुल

जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका–५ स्थित औरही नदीमा निर्माणाधीन पुल बाढीले बगाएको छ।  सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औराह नदीमाथिको पुल शनिबार बिहान भत्केको हो। छ वर्षअघि रोशन कन्ट्रक्सन जनकपुरले पुल निर्माण सुरु गरेको हो। तर निर्माण पुरा नहुँदै बाढीले बगाएको हो।  गुणस्तरहीन सा...