६ असार, पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको …
पर्वत । उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधीन मोटरेबल पुल बुधबार राती आएको बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका– ६ देवीस्थान र फलेवास नगरपालिका– १० कुर्घाबिचमा रहेको लमाए खोलामा निर्माणाधीन पुल गएराती आएको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्लाब ढलानको तयारीमा रहेको पुलका सवै निर्माण सामाग्रीहरु बाढीले […]
सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको नवलपुरमा निर्माणाधीन पुल । ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल सुनकाशी नदी आएको बाढीले बगाएको हो ।
२१० मिटर लामो पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको हो । करिब २३ करोडको लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले पुल निर्माणको काम गरिरहेको थियो । तस्वीर : पूर्णप्रसाद न्यौपाने/रासस
ओलखढुङ्गा – सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने पुल बाढीले बगाएको हो । झन्डै २३ करोड रुपैयाँ लागतमा चुँदी कन्ट्रक्शन प्राली सानेपाले पुल निर्माणको ठेक्का लिएको थियो । दुई सय १० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । बुधवार मात्रै ढलान गरिएको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल नि...
जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका–५ स्थित औरही नदीमा निर्माणाधीन पुल बाढीले बगाएको छ।
सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औराह नदीमाथिको पुल शनिबार बिहान भत्केको हो। छ वर्षअघि रोशन कन्ट्रक्सन जनकपुरले पुल निर्माण सुरु गरेको हो। तर निर्माण पुरा नहुँदै बाढीले बगाएको हो।
गुणस्तरहीन सा...