विराटनगर : इटहरी उपमहानगरपालिकाको प्रमुखका लागि एमालेले ६ जनाको नाम सिफारिस गरेको छ। उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ।इटहरीमा आइतबार बसेको एमाले नगर कमिटी सचिवालय बैठकले आगामी वैशाख ३० गते तय भएको स्थानीय निर्वाचनका लागि उपमहानगर प्रमुख र उपप्रमुखका लागि जिल्लामा नाम सिफारिस गरेको हो।प्रमुखको उम्मेदवारमा बहालवाला मेयर द्वारिकलाल चौधरी, यमकुमार सुब्बा, लक्ष्मी गौतम, रामप्रसाद चौलागाईं, बन्नुलाल चौधरी र रेवतीप्रसाद घिमिरे रहेका छन्।उपमेयरमा अम्बिका चौधरी, विष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनि