पशुपति मन्दिर अगाडि बागमती नदीमा एक सय लिटर दूध अर्पण

काठमाडौं। पशुपतिनाथ मन्दिर अगाडि बागमती नदीमा आज हिन्दु धर्मालम्वीले एक सय लिटर दूध चढाएका छन्। दूध अर्पण कार्यक्रममा नेपाल फाउन्डेसनका अध्यक्ष विकास कुमार ठाकुर, पूर्व पर्यटन मन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए। ठाकुरका अनुसार जनकपुरमा अर्को सोमबार प्रदेश २ का प्रमुखको उपस्थितिमा गंगा सागरमा दूध अर्पण गर्ने कार्यक्रम रहेको छ। दूध अर्पणले शिव भक्ति बढाउने उनले बताए।

सम्बन्धित सामग्री

पशुपतिमा हुने आरतीको भिडियो खिचेर सामाजिक सञ्‍जालमा पोष्‍ट गर्न नपाइने

काठमाडौँ- के तपाई पशुपति मन्दिरमा हुने सन्ध्याकालीन आरती हेर्न पहिलोपटक जाँदै हुनुहुन्छ ? हरेक दिन बागमती पारि हुने आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै हुनुहुन्छ भने तपाइहरू कारबाहीमा पर्न सक्नुहुनेछ । अबदेखि पशुपति मन्दिर तथा बागमती पारी हुने सन्ध्या आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्न नपाइने...

पशुपतिमा हुने आरतीको भिडियो खिचेर सामाजिक सञ्‍जालमा पोष्‍ट गर्न नपाइने

काठमाडौँ- के तपाई पशुपति मन्दिरमा हुने सन्ध्याकालीन आरती हेर्न पहिलोपटक जाँदै हुनुहुन्छ ? हरेक दिन बागमती पारि हुने आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै हुनुहुन्छ भने तपाइहरू कारबाहीमा पर्न सक्नुहुनेछ । अबदेखि पशुपति मन्दिर तथा बागमती पारी हुने सन्ध्या आरतीको भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्न नपाइने...

मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक  प्रहरीको नियन्त्रणमा

काठमाडौँ।  मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौँको कमलपोखरीबाट  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका १ का ३४ वर्षीय धन बहादुर वाइबालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ११ का छविलाल घिमिरेले २०७९ चैत ६ गते पशुपति मन्दिर नजिकैबाट बागमती प्रदेश ०२-०२३ प ६२ ४९ नम्बरको २ सय सि.सि.को […]

हरिबोधनी एकादशीमा तोरणले सिंगारियो पशुपतिनाथ (फोटोफिचर)

काठमाडौं, कात्तिक १८ । हरिबोधनी एकादशीको दिन पशुपतिनाथ भक्तजनले विशेष पूजा गरेका छन् । उनीहरुले बागमती नदी वारिपारि तोरण टाँगेर पूजा गरेका छन् । भक्तजनले बागमती नदी र पशुपति मन्दिर क्षेत्रलाई केन्द्रित गरेर तोरण टाँगेर पशुपति क्षेत्रलाई सिँगारेका हुन्। कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु […]

साताका सात तस्बिर

माधवनारायण यात्राकाक्रममा मंगलबार पशुपतिनाथ क्षेत्रमा बागमती नदीमा स्नानमा सहभागी ब्रतालु । सोमबार ब्रतालुसहित माधवनारण साँखुबाट बज्रयोगिनी मन्दिर र त्यहाँबाट माधवनारयाणलाई पशुपति पुर्याइएको थियो । साँखुमा एक महिना लाग्ने ब्रत बसिसकेका ब्रतालु माधवनारयणसँगै पैदल हिँडेर पशुपति मन्दिर, फर्पिङ, साँखु हुँदै पनौती र चाँगुनारायणसमेत पुग्ने गर्छन् । सुजन गुरुङ

श्राद्ध गर्दै सर्वसाधारण

पशुपति मन्दिर परिसरको बागमती नदी किनारमा आफ्ना दिवङ्गत बुवा–आमाको श्राद्ध गर्दै सर्वसाधारण । तस्वीर चन्द्रकला क्षेत्री/रासस

पशुपति अगाडि बागमतीको पानी बोकेर हलेसी

काठमाडौंको पशुपतिनाथ मन्दिर अगाडि रहेको बागमती नदिको पानी बोकेर करिब ५० जना युवाहरू खोटाङको हलेसी बोलबमका लागि गएका छन्। आन्तरिक पर्यटन प्रवर्धन गर्ने भन्दै काठमाडौंका बुलेट राइडर्सहरूले शुक्रबार पशुपति मन्दिर अगाडि रहेको बागमतीको पानी उठाएर खोटाङ हिँडेका हुन्।