भारतमा कोरोनाको कहर चल्दै गर्दा त्यहाँको कमजोर सार्वजनिक स्वास्थ्य प्रणाली पनि उजागर भएको छ ।
यसैबीच उत्तर प्रदेशको कानपुरमा केही चिकित्सकहरूले रोगी भर्ना गर्नका लागि अनुरोध गर्ने परिवारका मानिसलाई लखेटी लखेटी कुटेको खबर आएको छ ।
कानपुरको हैलट अस्पतालमा जुनियर डक्टरहरूले शनिवार भर्ना गराउन आएका परिवारका मानिसलाई लखेटीलखेटी कुटेका हुन् । उनीहरूले रोगीको परिवारको मोबाइल खोसे अनि भर्ना नलिइकनै भगाए ।
रोगीहरू स्ट्रेचरमा छटपटाइरहेका थिए र भर्ना लिनका लागि चिकित्सकहरूसँग अनुनयवि...