काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ । यसअघि फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहर मिलाउने काम भएकाले आइतबार र आज फोहर व्यवस्थापन गर्न समस्या भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । सोमबार साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मङ्गलबार बिहानदेखि नियमित फोहर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहर व्यवस्थापन गरी विकल्पको खो