काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा खाद्यान्नको अभाव नहुने गरी उत्पादन भएको भए पनि गलत आनिबानीका कारण खाद्य सङ्कट पर्ने गरेको बताउनुभएकाे छ । बिहीवार नापी कार्यालयबाट अनलाइन प्रणाली 'मेरो कित्ता' मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाउन सरकार लागेको उहाँले बताउनुभयो ।
नेपालले खाद्य वस्तु अन्य देशमा निर्यात गर्नुपर्नेमा उहाँको जोड छ । दुई/तीन वर्षभित्रमा नेपालबाट खाद्यान्न निर्यात गर्ने गरी काम अगाडि बढाएको उ...