झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई अहिले नेपाली राजनीतिमा छाएका छन् । माओवादीलाई तथानाम गाली गर्दै एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्यको शपथ खाएपछि प्रसाईको चर्चा सर्वत्र छाएको हो । अब देशैभर एमालेलाई जिताउने, ५ लाख मानिस एमालेमा प्रवेश गराउने र माओवादीलाई देशैभरि पत्तासाफ गरिदिने एमाले नेता प्रसाईले घोषणा गरेका छन् ।एक मेडिकल व्यवसायीका रूपमा प्रसाईको चर्चा यसअघि नै हुँदै आएको थियो । विगतमा तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई भक्तपुरस्थ