काठमाडौं : स्थानीय बजारमा यो साता सुनको मूल्य प्रति १० ग्राम १ हजार ३७० रुपैयाँले बढेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतवार प्रति १० ग्राम १ लाख ७४० रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार १ लाख २ हजार ११० रुपैयाँमा सुन कारोबार भएको छ।स्थिर रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमवार बढेर त्यसपछि दुई दिन केही घटे पनि बिहीवारदेखि फेरि उकालो लागेको थियो।महासङ्घका अनुसार यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ। अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्न