२० वर्षअघि गैंडा मारेको अभियोगमा मुद्दा चलेर १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोके पनि फरार रहेका एक जना शिकारी पक्राउ परेका छन् । चितवन निकुञ्जले फरार अन्य दुई जनालाई पनि समाएको छ । पक्राउ पर्नेमा चम्का जेठा र मुक्तिबहादुर पुन पनि भनिने मुक्तलाल पुन, वाइवा माइला तामाङ भन्ने सोनामसिंह वाइवा र फुर्के कुमाल भन्ने गणेश कुमाल रहेका छन् ।
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षअघि गैंडा मारेर खाग झिकी फरार भएका व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले गोरखाको तत्कालिन आरुपोखरी गाविस-२ स्थायी ठेगाना भई चितवनको कालिका नपा-२ बस्दै आएका ४४ वर्षीय यमबहादुर बानियाँलाई पक्राउ गरेको हो । अदालतले बानियाँलाई २०५७ सालमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना […]
काठमाडौँ- गैंडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष कैद सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले २५ वर्षपछि पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार रहेका चितवनको कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भनिने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको […]
१७ असार, काठमाडौं । गैंडा सिकारी समूहका नाइके रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । यसअघि पनि गैँडा सिकारी गरेको अभियोगमा १५ वर्ष जेल सजाय भुक्तान गरिसकेका उनीहरुले पुनः चितवन राष्ट्रिय निकुञ्जको बादरझुला क्षेत्रमा चारवटा गैँडा मारेको ब्यूरोका एसपी श्यामकुमार महतोले अनलाइनखबरलाई बताए । घटनापछि फरार रहेका […]