मधेसमा वर्षाले राहत

महाेत्तरी : उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहितकाे मधेसमा राहत मिलेको छ। करिब तीन सातापछि आज दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन्।पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ। महोत्तरीमा १५ असारयता आज पानी परेको हो। 'धान अब के होला भनेर आश मारेका थियौँ, आजको वर्षाले फेरि आश जगायो', बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताले भने, 'अब केही दिन पानीले साथ दिए

सम्बन्धित सामग्री

वर्षाले महोत्तरीका किसानलाई राहत

महोत्तरी- लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका महोत्तरीका स्थानीय आइतबार रातिको वर्षाले राहत महसुस भएको बताउँछन् । वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई गएरातिको वर्षाले मुहान रसाउने आशा जगाएको छ । पछिल्लो पटकको वर्षाले पानी नभएर पहेंँलिँदै गएका धानको रोपो, फलफूलका बोटबिरुवा, तरकारी, उखु, […]

खडेरीले धान रोप्न नपाएका किसानलाई वर्षाले राहत

धनुषा– भदौको दोस्रो सातादेखि भएको वर्षाले धेरै किसानलाई राहत दिएको छ । मानो रोपेर मुरी फलाउने समयमा खडेरी परेपछि धानखेती पर्याप्त मात्रामा गर्न नपाएका किसानलाई भदौरे झरीले राहत मिलेको हो । लामो समयसम्म खडेरी परेका अधिकांश ठाउँमा धानखेती सुक्न थालेको थियो तर यो वर्षाले धानखेतीलाई सिँचाइ सुविधा पुगेको मिथिला नगरपालिका–२ नक्टाझिजका किसान सुखन महतोले बताए […]

वर्षा हुँदा किसान हर्षित, भन्छन्-‘धानकाे आश मारेका थियौँ, वर्षाले फेरि आश जगायो’

महोत्तरी – महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ। उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन्। साउन निगल्दोको वर्षा जिल्लावासीलाई अमृत बर्सेझैँ भएको छ। पानीबेगर रोपेको धान रोपोमै पहेँलिदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानलाई पछिल्लो वर्षाले थोरै आशा जगाएको छ। पछिल्लो वर्षाले धान […]

हल्का वर्षाले महोत्तरी, धनुषा र सर्लाहीमा राहत

काठमाडौं, १४ साउन । साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ । धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई […]

हल्का वर्षाले महोत्तरीका किसानलाई राहत

साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागेपनि राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ ।धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई भने  वर्षाले मर्नबाट बचाएको महोत्तरीका किसानको भनाइ छ । पछिल्लो वर्षाले उखु, पहेँलिँदै गरेको तरकारी र फलफूलका यसपालि रोपिएका बिरुवालाई राहत दिएको बर्दिबास–९ पशुपतिनगरका कि

वर्षाले महोत्तरी, धनुषा र सर्लाहीका किसानलाई राहत

महोत्तरी – साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट तराइँका केही जिल्लामा शुक्रबार साँझ परेको लगातारको वर्षाले राहत दिएको हो । महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा वर्षा भएको हो । धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई […]

गर्मीमा वर्षाले राहत

महोत्तरी, ७ वैशाख । वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो । गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् । चैतेबाली थन्क्याएपछि रुखिएको जग्गा खनजोत हुन सकेको थिएन । वर्षा भएपछि अब बर्खे […]

चैतको वर्षाले राहत: डढेलो नियन्त्रण

महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ। शनिबार र आइतबार राति वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ।...

चैतको वर्षाले राहत : डढेलो नियन्त्रण

महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ । शनिबार र आइतबार राति  वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । वर्षाका कारण डढेलो निभाउन मद्दत पुगको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले बताए ।जिल्लाको ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वनमा डढेलो लागेको थियो । “डढेलो नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो”, उनले भने । वन्यजन्तुको चोरी शिकार, रुख कटान र जताततै डढेलो बढेपछि कार्यालयले विभिन्न टोली खटाएको थियो । पछिल्लो वर्षाले न

वर्षा हुँदा किसानलाई राहत

उखरमाउलो गर्मी र निषेधाज्ञाले घरै बस्नुपर्ने परिवेशबीच बिहीवार बिहानैदेखि परेको पानीले राहत भएको छ । कोभिड–१९ महाव्याधिको त्रास, प्रचण्ड गर्मी र कामविहीन भएर बसेका किसानलाई बिहीवारको वर्षाले राहत भएको हो । महोत्तरी जिल्लाका सबै भेगमा बिहीवार बिहानैदेखि लगातार मन्द वर्षा भइरहेको छ । गर्मी घटाउनसँगै खेतबारी खनजोत गर्न आजको वर्षाले प्रशस्त चिस्यान भएपछि किसान दंग छन् । अब बर्खे धान र कोदोको बीउ राख्ने र भदैया (भदौरे, भदौमा उत्पादन दिने) तरकारीको बीउ रोप्न अनुकूल भएको किसानको भनाइ छ । पछिल्लो वर्षाले फलपू...